बालकुमारी कन्या माविमा रजस्वला सचेतना
स्कुल पढ्ने किशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको मेलामा बालकुमरी कन्या मावि र लिटल फ्लावर स्कुलका ३०० भन्दा बढी विद्यार्थीको उपस्थिति थियो।

बालकुमरी कन्या मध्यमिक विद्यालय भरतपुर-२, चितवनमा रजस्वला स्वास्थ्य जनचेतना गरिएको छ ।
स्वास्त्यंगी, इनिसियशन फर चेन्ज, युवा नेपाल र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा सचेतना मेला गरिएको हो ।
स्कुल पढ्ने किशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको मेलामा बालकुमरी कन्या मावि र लिटल फ्लावर स्कुलका ३०० भन्दा बढी विद्यार्थीको उपस्थिति थियो।
मेलामा कुल ८ ओटा स्टल थिए । हरेक स्टल रजस्वलाका विभिन विधाहरुका लागि निर्धरित थियो । अन्तर्क्रिया र छलफलका साथै विद्यार्थीहरु्का लागि खेलहरु र फेस पेनटिगंका स्टलहरु पनि राखिएको थियो। यसका सथै सोहि दिन रजस्वला शिर्षकमा चित्रकला प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो । यस किसिमको रजस्वला स्वास्थ्य जनचेतना मेला चितवनमै पहिलो पटक आयोजना गरिएको स्वास्त्यंगीको सह-संस्थापक अश्नना अवस्थीले जानकारी दिनुभयाे ।
स्वास्त्यंगी, पुरानो मेडिकल कलेजमा एमबिबिएस आध्यनरत विद्यार्थीहरुले स्थापना गरेको एक सामाजिक संस्था हो । विशेषत: महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने यस संस्थाले बिगतका दिनदेखि भरतपुरका विभिन्न विद्यालयमा आध्यनरत छात्राहरुलाई महिनावारीको सुरुवात, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी न्याप्किन, मेनसुरल कप, टेमपुन र यसका साथै महिनावारीको बेलाका समस्या र यसका समाधानबारे आभिमुखिकरणको कार्यक्रम गर्दैआइरहको छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया