बहिनी (बालगीत)
मेरो हातमा क्याल्कुलेटर- उनको हातमा कुचो, बन्नुहुन्छ किन आमा- यति धेरै रूखो ?
मलाई जस्तै बहिनीलाई
किनिदिनूहोस् बल
छोराछोरी एउटै हुन् नि !
के पो फरक छ र ?
मेरो हातमा क्यालकुलेटर
उनको हातमा कुचो
बन्नुहुन्छ किन आमा ?
यति धेरै रुखो ?
उनी पनि बन्छिन् आमा !
हामी जस्तै ठूलो
खन्छिन् आमा उनले पनि
विकासको कुलो ।
मसँगै उनी पनि
बोर्डिङ स्कुल जान्छिन्
बराबरी खान दिनुहोस्
बुबू माम खान्छिन् ।
बुद्धनगर, काठमाडौं ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया