शनिबार ०७ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बहिनी (बालगीत)

मेरो हातमा क्याल्कुलेटर- उनको हातमा कुचो, बन्नुहुन्छ किन आमा- यति धेरै रूखो ?

मलाई जस्तै बहिनीलाई 
किनिदिनूहोस्  बल
छोराछोरी एउटै हुन् नि !
के पो फरक छ र ? 

मेरो हातमा क्यालकुलेटर 
उनको हातमा कुचो 
बन्नुहुन्छ किन आमा ?
यति धेरै रुखो ?

उनी पनि बन्छिन् आमा !
हामी जस्तै ठूलो 
खन्छिन् आमा उनले पनि 
विकासको कुलो ।

मसँगै उनी पनि
बोर्डिङ स्कुल जान्छिन् 
बराबरी खान दिनुहोस् 
बुबू माम खान्छिन् । 


बुद्धनगर, काठमाडौं ।

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)