अबाकस तथा मानसिक गणित प्रतियोगिता सम्पन्न
देशका विभिन्न क्षेत्रका विध्यार्थी सहभागी प्रतियोगितामा आराध्य राजकर्णिकारले मुख्य पुरस्कार पाउनुभएको थियो ।
युसिएमएएस नेपालले १३औं राष्ट्रिय स्तरको अबाकस तथा मानसिक गणित प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता देशका विभिन्न क्षेत्रबाट करिब ५०० विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो ।
विश्वव्यापी रूपमा मान्यता प्राप्त युसिएमएएस कार्यक्रम अन्तर्गत तालिम प्राप्त बालबालिकाहरूको अद्वितीय मानसिक गणित क्षमतालाई प्रस्तुत गरिएको थियो ।
मुख्य अतिथिका रूपमा युसिएमएएस अन्तर्राष्ट्रिय मुख्यालय मलेसियाका सीइयो अलेक्सन वोंगको विशेष उपस्थिति रहेको थियो। उहाँले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै बालबालिकाहरूको संज्ञानात्मक विकासमा युसिएमएएस कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा एक पुरस्कार वितरण समारोहको आयोजना गरियो, विजयी विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो। सबै सहभागीहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
सबै सहभागीहरूमध्ये सबैभन्दा प्रतिष्ठित पुरस्कार “च्याम्पियन अफ च्याम्पियन्स” को उपाधि आराध्य राजकर्णिकारलाई प्रदान गरियो।
युसिएमएएस नेपालका अध्यक्ष तथा सीइयो डा.स्नेहल कारिया र कन्ट्रीहेड पल्लवी श्रेष्ठले युसिएमएएस नेपालका सबै फ्रेन्चाइज, कोर्स प्रशिक्षक र अभिभावकहरूलाई धन्यवाद दिनुभयो ।



मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया