`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´
एसियाली योगासन च्याम्पियनसीप २०२५ मा आफ्नै सक्रियतामा भाग लिएर महत्वपूर्ण पदक जित्न सफल विवेक यादव र बुद्ध गुरुङ दुवै जना कक्षा ११ मा पढ्नुहुन्छ । आफ्नो पढाइलाई अघि बढाउँदै योगमा पनि जमिरहनुभएका विवेक र बुद्धको माग छ, `हामीलाई पनि अरू खेलाडीलाई जस्तै प्राथमिकतामा राखियोस् ।´
किशोर आवाजको २०औं शृङ्खलामा हामीले दुई किशोरसँग कुराकानी गरेका छौं । जसले आफ्नो पढाइसँगै खेलकुदलाई पनि अघि बढाइरहनुभएको छ तर अलि फरक विधाको खेलमार्फत ।
उहाँहरू हुनुहुन्छ- कक्षा ११ मा अध्ययनरत विवेक यादव र बुद्ध गुरुङ । उहाँहरू योग गर्नुहुन्छ र योगासनसम्बन्धी विभिन्न प्रतियोगितामा सहभागी हुने गर्नुभएको छ । हालै उहाँहरूले एसियाली योगासन च्याम्पियनसीप २०२५ मा आफ्नै सक्रियतामा देशका तर्फबाट भाग लिएर धेरैवटा पदक जित्नुभएको छ ।
`त्यत्रो ठूलो प्लेटफर्ममा देशको झण्डा बोकेर सहभागी हुँदा छाती गर्वले फुल्दो रहेछ,´ विवेक भन्नुहुन्छ, `त्यसमाथि अरू प्रतिस्पर्धीलाई पछाडि छाडेर पदक जित्दाको खुसीलाई त कसरी शब्दमा उतार्न सकिन्छ र !´
भारतमा सम्पन्न यो प्रतियोगितामा भारतले सर्वाधिक स्वर्ण पदक जित्यो भने नेपालले रजत र कास्यमा चित्त बुझाउनुपर्यो । बुद्ध र विवेक दुवैले रजत र कास्य गरी १० वटा पदक जित्नुभएको छ ।
`देशको प्रतिनिधित्व गर्दा त खुसी लाग्छ नि,´ बुद्ध भन्नुहुन्छ, `हामी विध्यार्थीलाई अर्काको देशमा एक हप्ता बसेर खेल्न सजिलो छैन । हामीले आफैं खर्च गर्नुपर्छ । सरकारले केही चासो दिँदैन । हामीले कसरी जुटाउने खर्च ?´
आफ्नो पढाइलाई अघि बढाउँदै योगमा जमिरहनुभएका विवेक र बुद्धको माग छ, `हामीलाई पनि अरू खेलाडीलाई जस्तै प्राथमिकतामा राखियोस् ।´
योग किन गर्ने ? यो उमेरमै योगमा लागेर यतिधेरै उपलब्धि हासिल गर्न सक्नुको कारण के हो ? आफूजस्तै किशोरलाई के सुझाव दिनुहुन्छ ? राज्यले के गरिरहेको छ र के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? यिनै प्रश्नको सेरोफेरोमा रहेर विवेक बुद्धसँग गरिएको कुराकानी सुनौं- भिडियोमा ।

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_ddxB8b2V50_lityww6crj1pqadshtuotgowvzu4bnvbrded8wspxmajrvhi38z5d0w16kxl.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

प्रतिक्रिया