प्रविधिको जादुमय घर : अप्टिक भ्याली
अप्टिक भ्याली पर्यटकहरूका लागि पनि आकर्षक ठाउँ हो । यहाँ फ्युचरिस्टिक बिल्डिङहरू छन्, जुन रातमा LED लाइटले जगमगाउँछन् ।

चीनको हुबेइ प्रान्तस्थित वुहान सहरलाई `चीनको प्रविधि राजधानी´ रूपमा चिनिन्छ । सन् २००० को दशकमा, चीन सरकारले वुहानमा `अप्टिक भ्याली´ (Optical Valley) नामक विशेष प्रविधि क्षेत्र बनाउने योजना बनायो । यो ठाउँ पहिले नै Optical प्रविधि, फाइबर-अप्टिक्स र इलेक्ट्रोनिक्स उद्योगका लागि प्रसिद्ध थियो ।
चीन सरकारले यहाँ उच्च-प्रविधि कम्पनीहरू, अनुसन्धान केन्द्र र शैक्षिक संस्थानहरू स्थापना गरेर यसलाई एउटा `टेक हब´ का रूपमा बिकास गरेको छ ।
चीनले भविष्यको प्रविधि, विज्ञान र नवीनतम आविष्कारहरू विकास गर्न अप्टिक भ्याली बनाएको हो । यो ठाउँले देशभरका वैज्ञानिक, इन्जिनियर र उद्यमीहरूलाई एकै मालामा जोडेर नयाँ नयाँ प्रविधि बनाउन मद्दत गर्छ । यहाँ एआई (कृत्रिम बुद्धिमत्ता), रोबोटिक्स, 5G इन्टरनेट, VR (भर्चुअल रियालिटी) जस्ता अत्याधुनिक प्रविधिहरूको अनुसन्धान हुने गर्दछ ।
यो परियोजना चीन सरकार र वुहान सहरले मिलेर बनाएका हुन् । यसमा ठूला कम्पनीहरू जस्तै Huawei, ZTE, Xiaomi र धेरै स्टार्टअपले पनि योगदान दिएका छन् । विश्वविद्यालयहरूले पनि यहाँ प्रविधि अनुसन्धान गर्ने गर्छन् ।
अप्टिक भ्यालीमा बालबालिकाका लागि धेरै रोचक चिजहरू छन् ।
यहाँ रहेको VR साइन्स म्यूजियमका माध्यमबाट बालबालिकाले भर्चुअल रियालिटीमा अन्तरिक्ष, डाइनोसर र विज्ञानका प्रयोगहरू अन्वेषण गर्न सक्छन् ।
रोबोटिक वर्कसपमा बच्चाहरू आफैंले रोबोट बनाउन सिक्छन् ।
कोडिङ क्लासहरूमा खेल खेल्ने तरिका र कम्प्युटर प्रोग्रामिङ सिकाइन्छ ।
अप्टिक भ्याली पर्यटकहरूका लागि पनि आकर्षक ठाउँ हो । यहाँ फ्युचरिस्टिक बिल्डिङहरू छन्, जुन रातमा LED लाइटले जगमगाउँछन् ।
हाई-टेक एक्सिबिशनहरू हुन्छन्, जहाँ नयाँ प्रविधिहरू देख्न सकिन्छ ।
इनोभेसन पार्कहरू छन्, जहाँ मानिसहरूले भविष्यको सहर कस्तो हुनेछ भन्ने अनुभव गर्न सक्छन् ।
भनिन्छ- अप्टिक भ्याली चीनको गर्व हो । यहाँ प्रविधि, विज्ञान र शिक्षाको मिलनबाट अद्भुत संसार बनाइएको छ ।

के हो हाइड्रोजन ग्यास ? कसरी हुन्छ विष्फाेट ? (भिडियाे)

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?
अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?

जेन जी – प्रविधिसँग अभ्यस्त पुस्ता
पत्नीका लागि बनाएका थिए ग्राहम बेलले टेलिफोन

कसरी गर्ने अनरिडल एआईको प्रयोग ?

२४३ भाषामा गुगल ट्रान्सलेट सुविधा
_FFlEJbOF2p_ef0qn9pytmvavljtsknhwuirxpskwi4wvj8yte2pjoaoir2atlciykdid5lu_pNceX3nEE0_x3zkygcp7aw8aufkshe22onq89kkuwpr0blfysqbzeu4s6cvitbgmegg3sxy.jpg)
प्रतिक्रिया