भ्वाइस अफ नेपालकाे उपाधि धादिङका प्राेशेष पाण्डेलाई
फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने प्रमाणित भएको छ : प्राेशेष

हिमालय टिभीमा दुई महिनादेखि प्रसारण हुँदै आएको सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङ, मलेखुका प्राेशेष पाण्डेले जित्नुभएकाे छ ।
शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित हुनुभएकाे हाे ।कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप, कोच राजु लामाको समूहबाट इलामका प्रमेश राई सेकेन्ड रनरअप र कोच उदय सोताङको समूहबाट सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित हुनुभयाे ।
विजेता भएसँगै पाण्डेले भ्वाइस अफ नेपालबाट २० लाख नगद र अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गर्नुभयाे ।
जितपछि पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताउनुभयाे । ‘फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने प्रमाणित भएको छ,’ उहाँले भन्नुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया