शिक्षकका माग पूरा, आन्दाेलन फिर्ता
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि विद्यालयहरुमा बिहीबारबाटै विद्यार्थी भर्ना सुरु हुँदै छ ।
सरकारसँग ९ बुँदे सहमति भएसँगै शिक्षकहरुकाे एक महिना लामो सडक आन्दोलन फिर्ता भएको छ ।
शिक्षामन्त्री रघुजी पन्तसँग बुधबार शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । सहमतिका विषयलाई बुधबारै मन्त्रिपरिषदले पारित गरिसकेकाे छ ।
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि विद्यालयहरुमा बिहीबारबाटै विद्यार्थी भर्ना सुरु हुँदै छ ।
नेपाल शिक्षक महासंघकाे नेतृत्वमा चैत तेस्राे साताबाट आन्दाेलन सुरु भएकाे थियाे ।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंमा सडक आन्दोलन थालेकाे थियाे ।
यो अवधिमा एसईईका उत्तरपुस्तिका परीक्षणसमेत राेकिएकाे छ भने कक्षा १२ काे परीक्षा स्थगित भएर वैशाख २१ बाट गर्ने गरी नयाँ मिति तय भइसकेकाे छ ।
तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
प्रतिक्रिया