कसरी हुर्काउने छोराछोरी ? कस्तो हुनुपर्छ असल अभिभावक ?
जन्मेदेखि ७–८ वर्षको उमेरसम्ममा अभिभावकले दिने शिक्षाले नै बालबालिकाको भविष्य निर्माण हुन्छ । बालबालिकालाई बुझ्नु र बुझाउनुभन्दा पहिला अभिभावकले आफ्नै गुण राम्रोसँग चिन्नु पर्दछ ।

अभिभावक हुनु भनेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी वहन गर्नु हो । बालबालिका काँचो माटो जस्तै हुन्छन्, तिनलाई कुन आकार दिने र कस्तो भाँडामा रुपान्तरण गर्ने भन्ने अभिभावकको व्यवहार र भूमिकामा निर्भर हुन्छ ।
सही मार्गदर्शन, उचित पालनपोषण र सकारात्मक वातावरणले उनीहरूको भविष्य उज्ज्वल बनाउँछ । बालबालिकाले पहिलो शिक्षा आफ्ना अभिभावकबाटै पाउने हुनाले राम्रो या नराम्रो कस्तो बन्ने भन्ने अभिभावककै गुणमा भर पर्दछ ।
जन्मेदेखि ७–८ वर्षको उमेरसम्ममा अभिभावकले दिने शिक्षाले नै बालबालिकाको भविष्य निर्माण हुन्छ ।
बालबालिकालाई बुझ्नु र बुझाउनुभन्दा पहिला अभिभावकले आफ्नै गुण राम्रोसँग चिन्नु पर्दछ । बाबा र आमाको पनि फरक–फरक गुण हुने कारणले यस कुराको असर बालबालिकामा प्रष्ट देखिने गर्छ । त्यसैले, अभिभावकमा यदि अवगुण छ भने स्वयंले कमीकमजोरीलाई सुधार्नुपर्छ र सधैं सकारात्मक राख्नुपर्दछ । सोही गुण बालबालिकाले विस्तारै अनुशरण गर्दछन् ।
सम्पूर्ण अभिभावकले आफ्ना छोराछोरी राम्रो होउन्, सज्जन होउन्, ज्ञानी होउन्, बुद्धिमान होउन्, धेरै पढुन्, समाजमा प्रतिष्ठित व्यक्ति बनुन भन्ने नै चाहना राख्छन् । तर, यो चाहना त्यत्तिकै पूरा हुँदैन । यसका लागि अभिभावकले नै मुख्य भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
असल अभिभावक बन्नका लागि सबैभन्दा पहिला बाल–मनोविज्ञानलाई बुझ्नुपर्ने हुन्छ । बालबालिकाको गुण, क्षमता, रुचि, चाहना, इच्छा, मनपर्ने, नपर्ने कुराहरूलाई सूक्ष्म तरिकाबाट बुझ्ने प्रयास गर्नुपर्छ । त्यसैअनुसार व्यवहार गर्नुपर्छ । बालबालिकामाथि धेरै आशा राखेर अभिभावकले आफ्ना पूरा नभएका रहर, सपना र चाहना उनीहरूमाथि थुपारिदिनुहुँदैन । उनीहरूको कोमल मन र भावनालाई असर पर्ने गरी गालीगलौज गर्ने, उनीहरूको इच्छाविपरीत कुनै काममा जबर्जस्ती गर्नेजस्ता गल्ती अभिभावकले गर्नुहुँदैन । बालबालिकाले कुनै गल्ती गरिहाले पनि उनीहरूलाई त्यही निहुँमा पटक–पटक तर्साइरहनु हुँदैन । देख्दा सामान्य लागे पनि यस्ता कुराले बाल–मनोविज्ञानमा पछिसम्म असर पार्न सक्छ र
अभिभावकले बालवालिकासँग झूठ बोल्ने, आस देखाउने र धोका दिने गर्नुहुँदैन । यसो गर्दा उनीहरूको मनमा चोट पुग्छ । त्यसको असर स्वरुप उनीहरू भविष्यमा कहिल्यै कसैलाई पनि विश्वास गर्न नसक्ने अवस्थामा पुग्छन् । त्यसैले अभिभावक स्वयं असल, अनुशासित र सकारात्मक हुन आवश्यक हुन्छ ।
अभिभावकको नक्कल गरेर बालबालबालिका हुर्कन्छन्, त्यही गुण र संस्कार बालबालिकामा प्रष्ट देखिन्छ । त्यसैले अभिभावकले बालवालिकालाई विश्वास गर्ने, उनीहरूका कुरा सुन्ने, प्रश्न–उत्तर गर्ने,रुचि बुझ्ने, नयाँ कुरा सिक्न प्रोत्साहन गर्ने, नबुझेको कुरालाई व्यावहारिक तरिकाबाट बुझाउने, आफ्नै तरिकाले रमाउन दिने, कथा, कविता र चुट्किलाको माध्यमबाट धेरै कुरा सिकाउने (जस्तै : इतिहास, धर्म, सेवा भाव, सहयोग भाव आदि) गर्नुपर्छ ।
यसैगरी ठूलालाई आदर सम्मान, सानालाई, माया गर्न, आफूले आफैंलाई माया गर्न, आफ्नो सुरक्षा आफैं गर्न, निडर बन्न, सत्य बोल्न, राम्रो र नराम्रो कुरालाई बुझेर व्यवहार गर्न सिकाउनुपर्छ ।
राम्रो र स्वस्थ खानपान गर्न, आइपर्ने समस्याको सामना गर्न, आफ्नो रिसलाई नियन्त्रण गर्न पनि अभिभावकले नै सिकाउनुपर्ने कुरा हुन् । सधैं बालबालिकाले भनेको जस्तै हुन्छ भन्ने पनि हुँदैन, त्यसैले उनीहरूको मनोविज्ञानमा असर नपर्ने गरी त्यस्ता कुरा सम्झाइबुझाइ गर्न सक्नुपर्छ । अभिभावकले पारिवारिक सामाजिक र आर्थिक विषयलाई प्रेमपूर्वक बुझाउने हो भने बालबालिकाले सहजै बुझ्नेछन् । यसो गर्दा बालबालिका अबुझ र अज्ञानी हुँदैनन् ।
उनीहरूलाई व्यावहारिक ज्ञान पनि सानै उमेरबाट सिकाउनु पर्दछ । जस्तै : आफ्नो सरसफाइ गर्ने, भान्साको काममा सहभागी हुने, बोटविरुवामा पानी हाल्ने, किनमेल गर्दा आफ्नालागि आवश्यक सामान आफैं छनोट गर्न दिने, कहिलेकाहिँ घुमाउन लाने, मनोरञ्जनका लागि सिनेमा हेर्न लैजाने, नयाँ–नयाँ ठाउँको अवलोकन गराउने, समय मिलाएर आफन्त र साथीभाइसँग भेटघाट गराउने, बेला–बेला बालबालिकाको क्षमता जाँच गर्नका लागि प्रश्न सोध्ने र केही कामका लागि सहयोग माग्ने जस्ता व्यावहारिक कुराहरू पनि सिकाउनु पर्दछ ।
यी सम्पूर्ण कुराहरू सँगसँगै विशेष समय छुट्याएर छोराछोरीसँग कुराकानी गर्ने, रमाउने, नाच्ने, हाँस्ने, खेल्ने गर्नुपर्दछ । यसो गर्दा उनीहरू अभिभावकसँग साथीसरह घुलमिल हुन सक्छनु, आफ्नो मनमा लागेका कुराहरू भन्न हिच्किचाउँदैनन् । अभिभावकले सकेसम्म उनीहरूसँग अभिभावकको भन्दा साथीकै भूमिकामा प्रस्तुत हुन सक्नुपर्दछ । यसो गर्दा उनीहरूको मनका कुराहरू थाहा पाउन सकिन्छ ।
जीवनभरि नै अभिभावक र बालबालिकाबीच सिक्ने र सिकाउने क्रम जारी रहिरहन्छ ।

५–८ वर्षका बालबालिकाको कल्पनाशक्ति र विकासलाई जगाउने कथाका किताबहरू

सानो उमेरका बालबालिकामा पढ्ने बानी कसरी बसाल्ने ?

गुणस्तरीय सिकाइका लागि शिक्षकलाई ऊर्जावान राखाैं

बालबालिकाले कसरी सिक्छन् ? के हाे VAK सिकाइ शैली ?

कसरी छान्ने राम्राे प्रि-स्कुल ? नानीबाबुलाई कहाँ पढाउने ?

यसकारण लेखेँ मैले ‘फर्क आफ्नै देश’ कविता

प्रतिक्रिया