बालबालिकालाई याेग र ध्यान किन गराउने ?
योग र ध्यानले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता, आत्मविश्वास र आत्म-नियन्त्रण विकास गर्छ, जसले उनीहरूलाई पढाइ, सामाजिक व्यवहार र जीवनका चुनौतीहरू सामना गर्न तयार पार्छ ।

बालबालिकाको समग्र विकासका लागि योग र ध्यान अत्यन्तै उपयोगी साधन हुन् । यसले उनीहरूको लचिलोपन, सन्तुलन, मांसपेशी बल र पाचन प्रणालीलाई सुधार गर्छ ।
योग र ध्यानले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता, आत्मविश्वास र आत्म-नियन्त्रण विकास गर्छ, जसले उनीहरूलाई पढाइ, सामाजिक व्यवहार र जीवनका चुनौतीहरू सामना गर्न तयार पार्छ ।
विशेष गरी अहिलेको प्रविधि-केन्द्रित जीवनशैलीमा बच्चाहरू लामो समय स्क्रिनमा बिताउँछन् । ध्यान र श्वास अभ्यासले उनीहरूको मानसिक थकान कम गर्दै भावनात्मक सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ।
यी अभ्यासहरूलाई रमाइलाे गरी र खेलजस्ताे तरिकाले सिकाइएमा बच्चाहरूले सहजै अपनाउन सक्छन् । यसले उनीहरूमा स्वस्थ जीवनशैलीको बिजाराेपण गर्ने काम गर्छ।
यहाँ बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयुक्त योग र ध्यान अभ्यासका केही सरल विधिहरू दिइएको छ । यी अभ्यासहरू उनीहरूको उमेर र रुचिअनुसार सजिलै गराउन सकिन्छ :
योगका सरल आसनहरू (Yoga for Kids) :
१. बितिलासन - मार्जरासन (Cat-Cow Pose)
बच्चालाई चार हात–चार खुट्टा टेकेर बस्न लगाउने । श्वास लिँदा पिठ्यूँ तन्काउने (Cow Pose) र श्वास फेर्दा घोप्टो पार्ने (Cat Pose) ।
(यसले मेरुदण्ड लचिलो बनाउँछ र शारीरिक सन्तुलनमा सहयोग गर्छ ।)
२. बृक्षासन (Tree Pose)
एउटा खुट्टा उठाएर अर्को खुट्टामा राख्ने र हातहरू नमस्ते मुद्रामा जोड्ने ।
(यसले सन्तुलन, एकाग्रता र धैर्यता बढाउँछ।)
३. बालासन (Child’s Pose)
घुँडा टेकेर अगाडि झुक्ने, निधार जमिनमा राख्ने।
(याे आसन मानसिक तनाव कम गर्न र विश्रामका लागि उत्तम हुन्छ ।)
४. सर्पासन (Cobra Pose)
पेटको बलमा सुत्ने र हातले माथि उठ्ने।
(यसले मेरुदण्ड बलियो बनाउँछ र छाती फुलाउँछ, आत्मविश्वास पनि बढाउँछ।)
ध्यानका अभ्यास (Meditation for Kids) :
१. गहिरो सास फेर्ने अभ्यास (Deep Breathing)
बच्चालाई आँखा बन्द गर्न लगाउने, नाकबाट गहिरो सास लिने र बिस्तारै फेर्ने ।
(यसरी ५–१० मिनेट अभ्यास गर्दा मानसिक शान्ति मिल्छ।)
२. मन्त्र जप ध्यान (Chanting Meditation)
"ॐ", "शान्ति" वा कुनै सरल ध्वनि गुन्गुनाउँदै अभ्यास गराउने।
(यसले ध्यान केन्द्रित गर्न सहयोग गर्छ।)
३. कल्पना ध्यान (Guided Visualization)
बालबालिकालाई फूलबारी, बादल, चरा वा रंगीन प्रकाशको कल्पना गराउने ।
(यसले रचनात्मकता र मानसिक विश्राम बढाउँछ।)
सुझावहरू :
– अभ्यास खेलको रूपमा गराउनुहोस् ।
– उनीहरूलाई जबर्जस्ती नगर्नुहोस् – रमाइलोका साथ सिकाउनुहोस् ।
– सुरुवातमा १०–१५ मिनेट मात्रै गराउनुहाेस् ।
– बिहान वा सुत्नुअघिकाे नियमित समय बनाउनुहाेस् ।

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शिक्षण अस्पतालमा बाल विकाससम्बन्धी प्रदर्शनी (भिडियाे)
‘डाउन सिन्ड्रोम भएका बच्चालाई भत्ता होइन, शिक्षा र स्वास्थ्य उपलब्ध गराइयाेस्' (भि…
‘बच्चाहरूमा पनि तनाव हुन्छ, त्यसलाई अभिभावकले बुझ्न सक्नुपर्छ’ (भिडियाे)

किन बन्द हुन्छ बच्चाको नाक ? किन दुख्छ कान ? (भिडियाे)

१६ लाख किशोरीलाई पाठेघरको मुखकाे क्यान्सरविरुद्ध खोप लगाइने

प्रतिक्रिया