शनिबार १३ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

मेराे गाउँ रुपनगर (बालगीत)

साथीहरू स्कुलमा, म गाईका साथमा– पढ्न मन लाग्छ नि, कापी किताबमा ।

मेरो गाउँ रूपनगर, म पिपलको छाँया
खेल्छु धुलो माटोमा, मीठो लाग्छ माया ।

साथीहरू स्कुलमा, म गाईका साथमा
पढ्न मन लाग्छ नि, कापी किताबमा।

झोला छैन काँधमा, जुत्ता छैन खुट्टामा
शब्दहरू टिप्छु म, राति आकाश सुत्दामा ।

बुबा छन् दिनभरि, गोरु जोत्ने खाल्डोमा
समय वित्छ आमाको चिसो सपना पाल्दैमा ।

सबै भन्छन् तिमी ठूलो हुन पढ है
तर कोही दिँदैनन्, कलमकापी खै ?

मेरो गोठ स्कूल हो, भैंसी मेरो साथी
गोबरमा लेखेको, सपना लाग्छ साँच्चै ।

मेरो गाउँ रूपनगर, म यही रमाउँछु
एकदिन स्कुल गएर, गीत यही गाउँछु ।


२०८२ बैशाख ७ गते ।
श्री जनता माध्यमिक विद्यालय, गोलबजार-४, सिरहा ।

नन्दलाल आचार्य

बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर [email protected]