मेराे गाउँ रुपनगर (बालगीत)
साथीहरू स्कुलमा, म गाईका साथमा– पढ्न मन लाग्छ नि, कापी किताबमा ।
मेरो गाउँ रूपनगर, म पिपलको छाँया
खेल्छु धुलो माटोमा, मीठो लाग्छ माया ।
साथीहरू स्कुलमा, म गाईका साथमा
पढ्न मन लाग्छ नि, कापी किताबमा।
झोला छैन काँधमा, जुत्ता छैन खुट्टामा
शब्दहरू टिप्छु म, राति आकाश सुत्दामा ।
बुबा छन् दिनभरि, गोरु जोत्ने खाल्डोमा
समय वित्छ आमाको चिसो सपना पाल्दैमा ।
सबै भन्छन् तिमी ठूलो हुन पढ है
तर कोही दिँदैनन्, कलमकापी खै ?
मेरो गोठ स्कूल हो, भैंसी मेरो साथी
गोबरमा लेखेको, सपना लाग्छ साँच्चै ।
मेरो गाउँ रूपनगर, म यही रमाउँछु
एकदिन स्कुल गएर, गीत यही गाउँछु ।
२०८२ बैशाख ७ गते ।
श्री जनता माध्यमिक विद्यालय, गोलबजार-४, सिरहा ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया