४५ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड तर सडकमै पाक्छ शिक्षककाे तलब
यतिका दिनदेखि विद्यालय छोडेर सडकमा बसिरहेका शिक्षक–कर्मचारीले विद्यालयकै हाजिरी कापी उठाएर ल्याएका छन्, उनीहरुको दिनदिनै हाजिरी भइरहेको छ र तलब पनि पाकिरहेकाे छ ।

हरेक वर्ष वैशाख २ गतेबाट सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्छ । यसपालि पनि याे अभियान सञ्चालनमा छ । तर, सरकारी विद्यालयमा न भर्ना गर्ने कर्मचारी छन्, न पढाउने शिक्षक ।
यही बेला निजी विद्यालयहरुमा भने विद्यार्थी भर्ना सकेर धमाधम पढाइ भइरहेकाे छ ।
शिक्षा ऐन जारी गर्नुपर्ने र आफ्नो सेवा सुविधा बढाउनुपर्नेलगायतका माग राखेर चैत तेस्राे सातादेखि सरकारी विद्यालयका शिक्षक र कर्मचारी काठमाडाैंमा आन्दाेलन गरिररहेका छन् ।
राेचक कुराचाहिँ के भने– यतिका दिनदेखि विद्यालय छोडेर सडकमा बसिरहेका शिक्षक–कर्मचारीको दिनदिनै हाजिरी भइरहेको छ र तलब पनि पाकिरहेकाे छ ।
२२ दिनदेखि विद्यालयमा पाइलै नराखेका उनीहरुले हाजिरी कापी नै सडकमै ल्याएका छन् । विद्यालयकाे हाजिरी कापी नल्याएकाहरुले नयाँ कापीमा हाजिरी गरिररहेका छन् ।
‘विद्यालय नगए पनि तलब त खानुपर्याे नि !' आन्दाेलनरत एक जना शिक्षक भन्नुहुन्छ, 'विद्यालयकै हाजिरी कापी उठाएर ल्याएका छाैं, सडकमै हाजिर गर्छाैं । नआउनेकाे नाममा गयल लेखिदिन्छाैं ।’
आन्दाेलनमा नआएर काेही शिक्षक विद्यालय गएकाे भए हाजिर गर्न नपाउने उहाँले बताउनुभयाे ।
शिक्षकहरूले बुधबार पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका छन् । सरकारले आगामी अधिवेशनबाट ऐन जारी गर्ने प्रतिद्धता जनाउँदासमेत आन्दोलन छोडेका छैनन् ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ मा बोलाएको छ। सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।
शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । ४५ लाख विद्यार्थीको भविष्यमाथि हेलचक्रयाइँ गरेको भन्दै शिक्षकहरूको आलोचनासमेत हुन थालेको छ ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रतिक्रिया