अन्तत: कक्षा १२ काे परीक्षा सर्यो, वैशाख २१ बाट गर्ने निर्णय
शिक्षा सचिव दीपक काफ्ले र बाेर्डका अध्यक्ष महाश्रम शर्माले मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेलगत्तै बसेकाे बाेर्डकाे बैठकले वैशाख २१ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको हाे ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षा १० दिन सार्ने निर्णय गरेकाे छ ।
शिक्षा सचिव दीपक काफ्ले र बाेर्डका अध्यक्ष महाश्रम शर्माले मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेलगत्तै बसेकाे बाेर्डकाे बैठकले वैशाख २१ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको हाे ।
शिक्षक महासंघले चैत तेस्राे सातादेखि गरेकाे काठमाडौं केन्द्रित आन्दोलनका कारण परीक्षा हुने नहुने अन्याेल रहेकाे थियाे । अन्याेलकै बीच बाेर्डले मंगलबार बिहान मात्रै निजामती कर्मचारी खटाएर भए पनि निर्धारित मितिमै परीक्षा गर्ने निर्णय गरेकाे थियाे ।
बाेर्डकाे निर्णयपछि महासंघले जबर्जस्ती परीक्षा नगर्न चेतावनी दिएकाे थियाे भने कतिपय केन्द्राध्यक्षहरुले राजीनामा दिएका थिए ।
त्यससँगै कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न आग्रह गर्नुभएकाे थियाे ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया