कक्षा १२ काे परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले शिक्षकले असहयाेग गरे निजामती कर्मचारी खटाएर भए पनि परीक्षा ताेकिएकाे मितिमै गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमै गर्ने निर्णय गरेकाे छ ।
बोर्डको मंगलबार बिहान बसेको बैठकले शिक्षकले असहयाेग गरे निजामती कर्मचारी खटाएर भए पनि परीक्षा ताेकिएकाे मितिमै गर्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक आन्दाेलनमा उत्रिएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षाबारे अन्योल रहेको थियो ।
शिक्षक महासंघको आह्वानमा शिक्षकहरु गत चैत २० देखि सडक आन्दोलनमा छन् । सरकारले संसद्काे वर्षे अधिवेशनमा शिक्षा ऐन जारी गर्ने जनाए पनि शिक्षकले आन्दाेलन राेक्न मानेका छैनन् ।
उत्तरपुस्तिकलगायत परीक्षा सामग्री सम्पूर्ण परीक्षा केन्द्रमा पुगिसकेको र विद्यार्थीको प्रवेशपत्र वितरणकाे काम जारी रहेको पनि बाेर्डले जनाएकाे छ ।
तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
प्रतिक्रिया