शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई
विशेष शारीरिक क्षमता भएका गरिमा परियार (जनता मावि गौरीडाँडा, कक्षा ८) र दिनेश महतो (जनता बहुमुखी क्याम्पस, चौथो वर्ष) लाई जनही रु. ५,५५५ का दरले छात्रवृत्ति वितरण
३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ ।
प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र मधेस प्रदेश सभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१ द्वारा रु. १५,५५५ राशी सहित सम्मान गरिएको हो ।
कार्यक्रममा विशेष शारीरिक क्षमता भएका दुई विद्यार्थी– गरिमा परियार (जनता मावि गौरीडाँडा, कक्षा ८) र दिनेश महतो (जनता बहुमुखी क्याम्पस, चौथो वर्ष) लाई जनही रु. ५,५५५ का दरले छात्रवृत्ति वितरण गरिएको थियो । सो सहयोग जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा प्रदान गरिएको हो ।
त्यसैगरी, मिना देवकोटाद्वारा जनता मावि बर्दिवासकी कक्षा १० की छात्रा सुस्मिता कट्वाललाई रु. २,५५५ छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा कोशी प्रदेश अन्तर्गत उदयपुर र बाग्मती प्रदेशको रामेछाप, सिन्धुली जिल्लाबाट आएका साहित्यकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न भाषा र लयमा गीत, गजल, कविता वाचन गरिएको थियो । सहभागी सर्जकहरूलाई स्व. शिशिर घिमिरेकी आमाले प्रशंसा पत्र प्रदान गर्नुभएकाे थियाे ।
सम्मानित व्यक्तित्व प्रा. डा. सुमन कर्माचार्यले मोफसलमा रहेका सर्जकहरूलाई सम्मान गर्दै साहित्य सृजनामा उत्साहित बनाउने कार्यप्रति हार्दिक आभार प्रकट गर्नुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया