लोभी कुकुर
खाेलामा उसले अर्को कुकुर देख्यो । त्यसले पनि मुखमा मासुको टुक्रा चेपिरहेको थियो । उसले त्यो मासु पनि आफ्नो बनाउन चाह्यो र बेस्सरी भुक्यो । मुख खोल्नासाथ उसको मासुको टुक्रा नदीमा खस्यो ।

एक दिन एउटा कुकुर भोकले रन्थनिँदै हिँड्दै थियो । धेरै परसम्म पुगिसक्दा पनि खानेकुरा भेटेन ।
भोक र प्यासले व्याकुल भएर हिँड्दाहिँड्दै ऊ एउटा चौतारोमा पुग्यो । एकछिन थकाइ मार्छु भनेर त्यहीँ बस्यो । त्यही बेला उसले छेउमा एउटा मासुको टुक्रा देख्यो ।
यताउता हेर्यो । कोही थिएन । ऊ निकै खुसी भयो अनि मासुको टुक्रा मुखमा च्यापेर फुत्त निस्कियो ।
बाटोमा ठूलो खोला थियो । खोलामाथि पुल थियो । पुलको बीचमा पुगेपछि उसले खोलातिर झुकेर हेर्यो ।
ऊ छक्क पर्यो । त्यहाँ उसले अर्को कुकुर देख्यो । त्यसले पनि मुखमा मासुको टुक्रा चेपिरहेको थियो ।
उसले त्यो मासु पनि आफ्नो बनाउन चाह्यो र बेस्सरी भुक्यो । मुख खोल्नासाथ उसको मासुको टुक्रा खाेलामा खस्यो । यसरी धेरै लोभ गर्न खोज्दा उसले पाइसकेको खाना पनि गुमायो ।
प्रतिक्रिया