बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शनिबार र आइतबार एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि र बालभिटा खुवाउनुका साथै कुपोषणको परीक्षण पनि गरिने छ ।
आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउन लागेकाे हाे ।
स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि र बालभिटा खुवाउनुका साथै कुपोषणको परीक्षण पनि गरिने छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाउने गरिएको छ ।
प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
गाेकर्णेश्वरकाे स्वास्थ्य सेवा उत्कृष्ट
भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ
सार्वजनिक स्थानमा धूम्रपान गरे पाँच सय जरिवाना (भिडियाे)
वर्षायाममा बालबालिकाको स्वास्थ्य कसरी जाेगाउने ?
फलामे खोरभित्र गुम्सिएकाे पवनकाे खुसी
प्रतिक्रिया