शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

सहभागिता (लघुकथा)

पुरुष अतिथिहरूले खचाखच भरिएको कार्यक्रममा महिलाहरूको समान सहभागिता र सम्मानजनक सहभागिताका बारेमा एकजना वक्ताले सानदार प्रवचन दिँदै थिए ।

“यो अल्लि राम्री छे, अतिथिलाई खादा यसले लगाउँछे ।”

“यो हँसिली छे, टीका यसले लगाइदिन्छे ।”

“यो गोरी र उज्याली छे, अतिथिलाई नमस्ते गर्दै हिँड्छे ।”

“यो चम्किली नानीलाई ब्याच लगाउने जिम्मा दिऊँ ।”

मञ्चमा बसेका सुकिला मुकिला अतिथिहरूलाई ब्याच, खादा  टीका लगाउने जिम्मा राम्रा, हँसिला, गोरा, उज्याला र चम्किला नानीहरूले पाए ।

पुरुष अतिथिहरूले खचाखच भरिएको कार्यक्रममा महिलाहरूको समान सहभागिता र सम्मानजनक सहभागिताका बारेमा एकजना वक्ताले सानदार प्रवचन दिँदै थिए । 


२०८२/०१/०३ (भोर्लेटार, लमजुङ)

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)