शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह
विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा छलफलका क्रममा रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दाेलन राेक्न शिक्षकहरूलाई आग्रह गर्नुभएकाे छ ।
मन्त्री भट्टराईले मंगलवारको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका माग सम्बोधन गर्ने गरी संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेकाे र वैशाख १२ गते १ बजे बस्ने बैठकबाट विधेयक अगाडि बढ्ने एक भिडियाे सन्देशमार्फत बताउनुभएकाे छ ।
विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा छलफलका क्रममा रहेको छ ।
‘शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा छ,' मन्त्री भट्टराईले भन्नुभएकाे छ, 'यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते १ बजे संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ ।’
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया