विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह
विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएकाे छ ।
अभियान सफल बनाउन अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको उहाँले बताउनुभयाे । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान आजबाट सुरु भएकाे छ ।
प्रधानमन्त्री ओलीले सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिनुभयाे ।
अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २० प्रतिशत रहेको उल्लेख गर्दै उहाँले गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा रहेकाे र बालबालिकालाई अब पनि विद्यालयबाहिर राख्न नसकिने बताउनुभएकाे छ ।
आधारभूत तहको खुद भर्नादरमा सुधार आएपनि विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्नेमा उहाँकाे जाेड छ ।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया