विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह
विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएकाे छ ।
अभियान सफल बनाउन अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको उहाँले बताउनुभयाे । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान आजबाट सुरु भएकाे छ ।
प्रधानमन्त्री ओलीले सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिनुभयाे ।
अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २० प्रतिशत रहेको उल्लेख गर्दै उहाँले गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा रहेकाे र बालबालिकालाई अब पनि विद्यालयबाहिर राख्न नसकिने बताउनुभएकाे छ ।
आधारभूत तहको खुद भर्नादरमा सुधार आएपनि विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्नेमा उहाँकाे जाेड छ ।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया