‘विवाह अभिभावकको दबाबमा होइन, आफ्नो इच्छाअनुसार गर्नुपर्छ’ (भिडियाे)
किशोरकिशोरी र बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढिरहेको छ, उनीहरुलाई सही परामर्शको खाँचो छ ।
किशोर आवाजको १८ औं श्रृंखलामा हामीले अञ्जना बिष्ट र एरिम मगरसँग कुराकानी गरेका छौं । उहाँहरु काठमाडौंको कोटेश्वरस्थित ट्रिटन इन्टरनेशनल कलेजमा अध्ययनरत हुनुहुन्छ । अञ्जना बिबिएस अन्तिम वर्षमा र एरिम पहिलो वर्षमा अध्ययन गर्नुहुन्छ ।
कलेजले आफूहरुलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा बढी सक्रिय राखेको र त्यसले आफ्नो व्यक्तित्व विकासमा मद्दत पुगेको उहाँहरु बताउनुहुन्छ ।
स्नातक तह सकेपछि अञ्जनाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सोच बनाउनुभएको छ । ‘किशोरकिशोरी र बालबालिकामा अहिले मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढिरहेको छ,’ अञ्जना भन्नुहुन्छ, ‘उनीहरुलाई सही परामर्शको खाँचो छ । त्यसैले मैले यही क्षेत्रमा केही गर्ने सोच बनाएको छु ।’
‘मलाई चाहिँ बालबालिका, किशोरकिशोरी मात्रै नभएर सबै नागरिकमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्शको खाँचो छ जस्तो लाग्छ,’ एरिम थप्नुहुन्छ ।
सामाजिक सञ्जाल निकै उपयोगी प्लेटफर्म रहेको तर यसको प्रयोगमा सावधानी अपनाउनुपर्ने उहाँहरूको विचार छ ।
विवाह अभिभावकको दबाबमा भन्दा आफ्नो इच्छाअनुसार गर्नुपर्ने उहाँहरू बताउनुहुन्छ ।
विदेशमा पढाइ र अवसर दुवै बढीे भए पनि सकेसम्म स्वदेशमै केही गर्नुपर्ने उहाँहरुको सोच छ ।
अञ्जना र एरिमसँगको कुराकानी सुनौं भिडियोमा ।

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

`हामी देशका लागि पदक जित्छौं तर देशले हामीलाई चिन्दैन´

एसईईपछि SIP र SHARE सिकिरहेका कृष्ण र अर्पण (भिडियाे)

चाहना र आयुश्नाकाे डाक्टर बन्ने लक्ष्य (भिडियाे)
‘आफ्ना समस्या सेयर गर्न नसक्दा किशोरकिशोरीमा मानसिक तनाव बढ्दो छ’ (भिडियाे)

प्रतिक्रिया