मंगलबार ०२ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

नयाँ वर्ष (बालकविता)

शुभकामना दिन्छु म साथीभाइ सबैलाई, नयाँ वर्ष राम्रो होस् बिगार नहोस् कसैलाई ।

नाङ्गानाङ्गा बोटमा
फेरि आए पालुवा
रमाउदै उडे नि !
अरू चरा मलेवा 

माहुरीको भुुनभुन
पुतलीको देखी नाच
रमाउँदै हाँसे म
साथीसँगीहरू साथ 

सबै साथी आऊ न
मीठो गीत गाऊँ न
काफलगेडी कुटुक्क 
मिली अब खाऊँ न 

गुराँसको फूल त्यो 
फुल्छ अब वनमा
खुसीयाली छाउँछ 
सबैको त्यो मनमा 

शुभकामना दिन्छु म
साथीभाइ सबैलाई 
नयाँ वर्ष राम्रो होस्
बिगार नहोस् कसैलाई । 


बुद्धनगर, काठमाडौँ ।

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)