कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन
आन्दोलनमा आएका शिक्षक–कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दाेलनरत शिक्षकहरुले सोमबार कालो मास्क लगाएर प्रदर्शन गरेका छन् ।
चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शनमा उत्रिएका शिक्षकहरुले साेमबार माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका हुन् ।
यसअघि शिक्षकहरूले कहिले सडकमै सुतेर र कहिले सिठी फुकेर प्रदर्शन गर्दै आएका थिए ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले ‘काठमाडौं जाऔँ अभियान’ सहित बुधबारदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिनका लागि आन्दोलन थालिएको महासंघको भनाइ छ । आन्दोलनमा आएका शिक्षक–कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया