शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा
यो अवधिमा एसईईका उत्तर पुस्तिकासमेत परीक्षण नहुने महासंघले जनाएकाे छ । पठनपाठन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।
नेपाल शिक्षक महासंघले चैत २५ गते साेमबारबाट शैक्षिक हड्तालको घोषणा गरेको छ ।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको हो । देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।
यो अवधिमा एसईईका उत्तर पुस्तिकासमेत परीक्षण नहुने महासंघले जनाएकाे छ । पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।
देशभरका शिक्षकले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन सुरु गरेका हुन् । गत माघ २० देखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित बुधबारदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिनका लागि आन्दोलन गरिएको महासंघले जनाएकाे छ । आन्दोलनमा देशभरका शिक्षक र कर्मचारी सहभागी छन् ।
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
प्रतिक्रिया