मंगलबार २६ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

मेरा प्रिय बा !

तिमी मेरो सबथोक हौ, तिमी मेरो भगवान् हौ  ! तिमी साँच्चै नै महान हौ,  तिमी सबैभन्दा बलवान् हौ ।

बा... म थाक्दिन कहिल्यै पनि
थाक्छन् त केवल तिम्रा काँधहरु । 
बा... म हार्दिन कहिल्यै पनि
हार्छन् त केवल तिम्रा ती दुस्मनहरु ।

 बा...अब तिम्रो छोराको समय हो
खुसी हराउँदै गएको घरमा खुसी ल्याउने । 
बा...अब तिम्रो नै समय हो
हाम्रालागि बिलाएका खुसी फेरि फिर्ता पाउने ।

दुःखसँग भिड्ने आँट छ
मेरो काँधमा बाको हात छ
मेरो शीरमा सधैं बाको आशीर्वाद छ 
मेरालागि बाको साथ छ 
बालाई पनि मेरो आश छ 
मेरा बा छन् र त मेरो सास छ ।

मलाई शिखर छुनु छैन,
छुनु छ त केवल मेरो बाको पाउ 
म बुझ्छु, म देख्छु, म सम्झिन्छु
जति पोल्छ त्यति सहन्छौ नुनले छर्किएको घाउ ।। 

बा... तिमी मेरालागि ज्योति बनिदियौ 
अन्धकार जिन्दगीमा किरण बनिदियौ
मेरालागि पूरै जिन्दगी नै सुम्पिदियौ ।। 

तिमी मेरो सबथोक हौ 
तिमी मेरो भगवान् हौ 
तिमी साँच्चै नै महान हौ 
तिमी सबैभन्दा बलवान् हौ 
तिमी मेरो प्रिय बा हौ  ।

सम्राट मल्ल ठकुरी

(मल्ल काठमाडाैंकाे काेटेश्वरस्थित ट्रिटन इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।)