मेरा साथीहरू (बालकविता)
शरीरभित्र साना अङ्ग सानै तिनका काम, रगत सफा पार्ने काम मुटुभित्र हुन्छ । नीलो रगत अशुद्ध शुद्ध भई रातो हुन्छ, बाँच्नका लागि यही रातो रगत चाहिन्छ ।

मेरा साथी धेरै छन् माया पनि गर्दछन्
साथी बिना मेरो अस्तित्व नै हुँदैन ।
नाम दिई सबैलाई चिनाउँछन् तिनले
साथीले नै राखेका छन् मेरो परिचय ।
हात खुट्टा आँखा जीब्रो सबै साथी
मस्तिष्क बिद्धुत भन्डार, ठूलाे छ काम ।
पूरा शरीर चलाउने यसकै हुन्छ काम
मस्तिष्कले आज्ञा दिई मात्र चल्छ ज्यान ।
आँखा अर्को सच्चा साथी उज्यालो दिन्छ
राम्रो कार्य गर्न यस्ले सबलाई डोर्याउँछ ।
औंला अर्को राम्रो मित्र लेख्न सिकाउँछ
चित्र कोर्न, कथा लेख्न पनि सिकाउँछ ।
एक जोर खुट्टाले हिँडेर संसार घुमाउँछ
पाखुरीसङ्ग मिलेर योग ध्यान गराउँछ ।
मुखभरि राम्रा उज्याला सेता दाँत टम्म
खाना चपाइ धुलो बनाइ निरोगी बनाउँछ ।
शरीरभित्र साना अङ्ग सानै तिनका काम
रगत सफा पार्ने काम मुटुभित्र हुन्छ ।
नीलो रगत अशुद्ध शुद्ध भई रातो हुन्छ
बाँच्नका लागि यही रातो रगत चाहिन्छ ।
यस्ता अङ्ग मिलेर हुन्छ ज्यान स्वस्थ्य
त्यसैले त ती सबै हाम्रा अभिन्न मित्र ।
मानवले ध्यान साथ तिनको सुन्नु पर्छ
अनि मात्र तिनको ज्यान तन्दुरुस्त हुन्छ ।
२०८१.१२.१५ (अमेरिका)
प्रतिक्रिया