आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस
कार्यक्रममा प्लेग्रुप, नर्सरी, एलकेजी युकेजीका नानीबाबुहरूले विभिन्न प्रस्तुति दिनुभएको थियो

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बालकोटस्थित आभा प्रि स्कुल एण्ड डे केयरले चैत १९ गते मङ्गलबार अभिभावक दिवस तथा ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ ।
बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिका वडा नं.का वडाध्यक्ष प्रदीप कार्की हुनुहुन्थ्यो । कार्यक्रममा सभापतिका रूपमा त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागमा प्राध्यापनरत साहित्यकार, समालोचक महेश पौड्याल हुनुहुन्थ्यो । त्यसैगरी अतिथिका रूपमा माइलस्टोन स्कुलकी प्रधानाध्यापक बिना शर्मा हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं.२ का वडाध्यक्ष प्रदीप कार्कीले संस्कारसहितको शिक्षा दिनका लागि आभा प्रि स्कुलले धेरै मिहिनेत गरेको बताउनुभयो । प्रतिस्पर्धाको यो समयमा आभा स्कुलले अझै पनि फरक फरक तरिकाका सिकाइ क्रियाकलापलाई प्रयोग गरेर नमुना स्कुलका रूपमा चिनाउन सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका सभापति महेश पौड्यालले बालबालिकाको मनोविज्ञान बुझेर आभा स्कुल अगाडि बढिरहेको बताउनुभयो । साना बच्चाहरूको सिकाइ क्रियाकलापमा अभिभावक र शिक्षक दुवैको महत्त्वपूर्ण भूमिका रहने विचार उहाँले व्यक्त गर्नुभयो ।
स्कुल व्यवस्थापक महेश कार्की क्षितिजले स्कुल सञ्चालनको पृष्ठभूमि बताउँदै आगामी दिनमा अभिभावक र नानीबाबुहरूको रुचि र मागलाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रण गर्नुभयो । प्रिन्सिपल सृजना घिमिरेले नानीबाबुहरूलाई स्कुलमा घरको जस्तै माया दिने गरिएको बताउनुभयो ।
स्कुल इन्चार्ज रमा अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो । मन्तव्यका क्रममा उहाँले साना बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजी कक्षाका नानीबाबुहरूले भिन्न भिन्न विधाका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा देखाउनुभएको थियो ।
ग्राजुएसन समारोहअन्तर्गत कक्षा युकेजीबाट कक्षा एकमा जाने दुई जना विद्यार्थीहरू महिम कार्की र देवांश बस्नेतलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन दीपा बम र सिद्धि सिंहले गर्नुभएको थियो ।

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

काठमाडाैं महानगरका शिक्षकले ५ महिनादेखि तलब पाएनन्

बालसाहित्य समाजकाे अध्यक्षमा आचार्य निर्वाचित
एसइईका निरीक्षक र केन्द्राध्यक्षसहित चार जनामाथि कारबाही

प्रतिक्रिया