नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन
विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप अनिश्चितकालीन आन्दाेलन
विद्यालय शिक्षा ऐन माग्दै शिक्षकहरूले बिहीबार पनि काठमाडाैंमा प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघले विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप अनिश्चितकालीन आन्दाेलन घाेषणा गरेकाे हाे ।
दाेस्राे दिन माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका शिक्षकहरुले नाचगानसहित सरकारलाई आफ्नो माग सुनाएका छन् ।
गत माघ २० देखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित बुधबारदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिनका लागि आन्दोलन थालिएको महासंघको भनाइ छ । आन्दोलनमा देशभरका शिक्षक र कर्मचारी सहभागी हुने छन् । आन्दोलनमा आएका शिक्षक–कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।
महासंघले हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर–बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे छ ।


बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया