शिक्षकले सुरु गरे काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन
शिक्षक महासंघले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन ‘काठमाडौं जाऔँ अभियान’ सहित बुधबारदेखि अनिश्चितकालीन आन्दोलन थालेको हो ।

देशभरका शिक्षकले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासङ्घकाे नेतृत्वमा शिक्षकहरुले काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गरेका हुन् ।
गत माघ २० देखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित बुधबारदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिनका लागि आन्दोलन थालिएको महासंघको भनाइ छ । आन्दोलनमा देशभरका शिक्षक र कर्मचारी सहभागी हुने छन् । आन्दोलनमा आएका शिक्षक–कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।
विभिन्न स्थानबाट जुलुससहित आएका शिक्षकहरुले बुधबार दिउँसाे माइतीघर मण्डलमा भेला भएर अपराह्न ४ बजेसम्म प्रदर्शन गरेका थिए । बिहीबारबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर–बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम महासंघले तय गरेकाे छ ।

युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा

जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति

बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)

एसईईमा ४ जिपिए ल्याएकी गाेमालाई मीनबहादुर गुरुङकाे सम्मान

परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस

प्रतिक्रिया