प्याब्सनकाे १३ बुँदे कार्ययोजना
फागुन तेस्रो साता सम्पन्न १६ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी तीन वर्षसम्म गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न गुणस्तरीय शिक्षाका निम्ति निरन्तर क्रियाशील रहने प्रतिवद्धता सार्वजनिक गरेको छ ।
प्याब्सनको गत फागुन तेस्रो साता सम्पन्न १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिवद्धता जनाएको हो । प्याब्सनले आगामी तीन वर्षका निम्ति १३ बुँद नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्याब्सनका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले विज्ञप्तिमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
‘निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समय सापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने जसका लागि आवश्यकताअनुसार तीनै तहको सरकारसँग सहकार्य गर्नेछ,’ विज्ञप्तिमा छ, ‘विद्यालय शिक्षालाई सबै नेपालीहरूको पहुँचभित्र रहन आवश्यक प्रवद्र्धनात्मक क्रियाकलापहरू गर्दै यसको स्तर अभिवृद्धिका लागि नवप्रवर्तनलाई जोड दिइने छ ।’
यसैगरी निजी विद्यालयको लगानी सुनिश्चित गर्न अब बन्ने शिक्षा ऐनले निजी विद्यालयहरूलाई कम्पनी ऐनमै रहने व्यवस्था हुनुपर्ने भनिएको छ । प्याब्सनको १६औं महाधिवेसन उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब बन्ने ऐनमा निजी विद्यालय कम्पनी ऐनमै रहने व्यवस्था गरिने’मा आश्वस्त तुल्याउनु भएको थियो ।
प्याब्सनले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा सुविधा सरकारले संचालन गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै लैजाने भनेको छ । पठनपाठन संस्कृतिको प्रवद्र्धन गर्न विशेष कार्यक्रम संचालन गर्ने, बाल शिक्षामैत्री विद्यालय निर्माणको वातावरण बनाउने, शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने उल्लेख छ ।
उच्च शिक्षाका निम्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न सरकारी र निजी निकायहरूसँग सहकार्य गर्दै कमाउँदै पढ्दै गर्ने नीतिलाई सहयोग पु¥याउने भनेको छ ।
यस्तै, प्याब्सनले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई परिमार्जित ढंगले अघि बढाउनु जनाएको छ । विभिन्न छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित र पारदर्शी तुल्याउने तथा लक्षित वर्गको पहुँचमा पुर्याउने भनेको छ ।
शैक्षिक गुणस्तर तथा सामाजिक उत्तरदायित्वबारे प्याब्सनका निवर्तमान अध्यक्ष डीके ढुंगाना, वरिष्ठ उपाध्यक्ष दीपिका थापालगायतले बोल्नु भएको थियो ।

शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा

स्मार्टफाेनले बालबालिकाको शिक्षालाई मद्दत गरिरहेको छ कि हानि ?

शिक्षकले सुरु गरे काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन

एसईई सुरु

बालसंसारकाे दाेस्राे बालगीत सार्वजनिक (भिडियाे)
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

प्रतिक्रिया