नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे
कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रले छापेको हाे भने कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छापेकाे हाे ।
जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार वैशाख १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छापिसकिएको हो ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण गर्नेगरी पाठ्यपुस्तक पठाउने तयारी भइरहेकाे छ ।
कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रले छापेको हाे भने कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छापेकाे हाे ।
केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेका अनुसार यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।
यो वर्ष अतिरिक्त गणित, अर्थशास्त्र र कम्प्युटर साइन्सको नयाँ पाठ्यपुस्तक छापिएकाे छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया