नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे
कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रले छापेको हाे भने कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छापेकाे हाे ।

जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार वैशाख १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छापिसकिएको हो ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण गर्नेगरी पाठ्यपुस्तक पठाउने तयारी भइरहेकाे छ ।
कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रले छापेको हाे भने कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छापेकाे हाे ।
केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेका अनुसार यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।
यो वर्ष अतिरिक्त गणित, अर्थशास्त्र र कम्प्युटर साइन्सको नयाँ पाठ्यपुस्तक छापिएकाे छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया