शिक्षा समिति सभापतिले अपमान गरेकाे भन्दै शिक्षकहरू आक्राेशित
'तपाईंहरु आन्दोलन स्थगित गर्नुहाेस् । गाउँ गाउँमा मान्छे उचालेर आन्दोलन गर्न प्रेरित नगर्नुहाेस् । जनताले तिरेको राजश्व खाएर जनताविरुद्ध आन्दोलन गर्न पाइँदैन ।’

संसद्का शिक्षा समिति सभापति अम्मरबहादुर थापामाथि शिक्षकहरू आक्रोशित बन्नुभएकाे छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) ले आयोजना गरेको विद्यालय शिक्षा विधेयक छलफल कार्यक्रममा सभापति थापाले शिक्षकहरू आन्दोलन छाडेर पढाउनतिर लाग्नुपर्ने बताएपछि शिक्षकहरु आक्राेशित हुनुभएकाे हाे ।
थापाले शिक्षकहरू दलका झोला बोकेर, जनताले तिरेको करबाट तलब खाएर जनताविरुद्ध नै आन्दोलन गर्दै हिँडेकाे बताउनुभएकाे थियाे ।
'५३ वर्षसम्म आन्दोलन किन नगरेको ? अहिले ऐन बन्ने प्रक्रियामा रहेको बेला किन आन्दोलन गर्नुपर्ने ?' थापाले भन्नुभयाे, 'तपाईंहरु आन्दोलन स्थगित गर्नुहाेस् । गाउँ गाउँमा मान्छे उचालेर आन्दोलन गर्न प्रेरित नगर्नुहाेस् । जनताले तिरेको राजश्व खाएर जनताविरुद्ध आन्दोलन गर्न पाइँदैन,’ उहाँले भन्नुभयाे ।
उहाँले विद्यालय शिक्षा ऐन आउन ढिलाइ हुनुमा पनि शिक्षकहरू नै दोषी रहेकाे बताउनुभयाे । ‘तपाईंहरूकै कारण ऐन आउन ढिला भएको हो । जसलाई पनि संशोधन हाल्न लगाउने, जसलाई पनि भेट्ने । विधेयक तपाईंहरूकै कारण ढिला भएको हो । सबै सांसदलाई १५/२० वटा संशोधन हाल्न लगाउनुभयो । १७५८ वटा त संशाेधन नै परेकाे छ,’ उहाँले थप्नुभयाे ।
उहाँले शिक्षकप्रति आकर्षित हुने खालको ऐन बनाउन लागेको पनि बताउनुभयाे । त्यस्तो खालको ऐन नआउँदासम्म आफूले विधेयकमा हस्ताक्षर नै नगर्ने उहाँकाे अडान थियाे ।
थापाले नयाँ कानुनले शिक्षकहरूलाई पार्टीका झोले भएर हिँड्ने, सङ्घ सङ्गठनमा लागेर नेतागिरी गर्ने प्रवृत्तिको अन्त्य गर्ने दाबी गर्नुभयाे । आन्तरिक तथा स्वतः स्थायी हुने प्रवृत्ति ऐनले अन्त्य गर्ने बताउँदै उहाँले सबै खुला प्रतिस्पर्धाबाट मात्रै आउन पाइने व्यवस्थासहितको ऐन जारी गर्नेतिर ध्यान रहेको बताउनुभयाे । विधेयक समितिबाट उपसमितिमा गइसकेको र उपसमितिले अबको ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने उहाँले बताउनुभयाे ।
सभापति थापाले आफ्नो भनाइ राखिसक्ने वित्तिक्कै शिक्षकहरू उहाँमाथि जाइलाग्न थालेका हुन् । नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष तथा अहिलेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली शिक्षकहरूको अपमान गरेको भन्दै आक्रोशित बन्नुभयाे । उहाँसँगै अन्य शिक्षक संघ–संगठनका प्रतिनिधिले पनि विराेध जनाउनुभयाे ।
‘शिक्षकलाई जे पनि भन्ने ? हाम्रो अपमान गर्ने ? सार्वजनिक रूपमा जे पनि भन्न पाइन्छ ? तपाईंले बोलेका कुरा कानुन हुन्, शिक्षकहरूलाई जे पायो त्यही भन्न पाइन्छ ?’ आक्रोशित हुँदै पराजुलीले भन्नुभयाे ।
सभापति थापासँग भिड्न नजिकै पुग्नुभएकी पराजुलीलाई प्रतिनिधिसभा सदस्य तथा शिक्षा समिति सदस्य सरिता भुसालले छुट्टाउनुभएकाे थियाे । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन नरोकिने बताउनुभयाे ।

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

शिक्षक महासंघकाे पहिलाे चरणकाे आन्दाेलन सुरु
_hSBCLrVkQp_80oqtyak0t1eu0yd8cgx2ffwlsffzszgtmy8tzljvveaiyldflqlyi66tyxg_rV9wP7ET3c_nmorwtgqoa9uwuvxwdfavbeahy5lzigw0iotauryvxdzf5ydvftt4aieucsl.jpeg)
शिक्षा विधेयककाे विराेधमा शिक्षक महासंघद्वारा आन्दाेलन घाेषणा

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
_dGnKEbOccv_vjvmmjzmdn0alnjkqr4eyiwocueudtuaeqq56qyrszjuj9o1moyxik7pvzuh_hR1aUYPe6h_ibc0srhbl7eh29uwzoorauywtlhmphscfbsx5qawcsnbmcpznkxmnzlixhvk.jpeg)
निजी विद्यालय सञ्चालककाे प्रदर्शन : 'गैरनाफामूलक चाहिँदैन, पूर्ण छात्रवृत्ति ला…

प्रतिक्रिया