काठमाडाैं महानगरका शिक्षकले ५ महिनादेखि तलब पाएनन्
चैत्र १८ सम्ममा शिक्षकलाई तलब उपलब्ध नगराए आन्दोलनमा जान बाध्य हुने शिक्षक महासंघकाे चेतावनी
काठमाडौं महानगरपालिकाअन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षकले ५ महिनादेखि तलब पाएका छैनन् ।
महानगरपालिकाले शिक्षक कर्मचारीका तलबलगायत अन्य प्रशासनिक तथा शैक्षिक गतिविधिका लागि अत्यावश्यक रकमको भुक्तानी विगत केही महिनादेखि नगरेकाले शिक्षकले तलब नपाएको नेपाल शिक्षक महासंघ महानगर समितिले जनाएको छ ।
महासंघले महानगरपालिकाबाट रकम भुक्तानी नभएका कारण विद्यालय सञ्चालनमा समस्या परिरहेको भन्दै सोमबार महानगरको शिक्षा विभागलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले शिक्षकका जायज माग र मुद्दा चैत्र १८ सम्ममा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ ।
महासंघका अध्यक्ष राजेन्द्र अधिकारी, सहअध्यक्ष विराट चौलागाई र सचिव हेरम्बराज कँडेलसहित विभिन्न संघ संगठनका महानगरपालिका समितिले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासंघले ध्यानाकर्षण पत्रको जानकारी महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई पनि गराएको छ ।


बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया