बालसाहित्य समाजकाे अध्यक्षमा आचार्य निर्वाचित
काठमाडौंमा शनिबार सम्पन्न निर्वाचनबाट आचार्यको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति गठन भएको हाे ।

नेपाल बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित हुनुभएकाे छ । काठमाडौंमा शनिबार सम्पन्न निर्वाचनबाट आचार्यको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति गठन भएको हाे ।
समाजकाे उपाध्यक्षमा विजयराज न्यौपाने, महासचिवमा डा. विष्णुबहादुर केसी, सचिवमा भानु भट्टराई, कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थी तथा सदस्यमा समन श्रेष्ठ, क्रान्ति पाण्डे, अर्पिता शाक्य, यशोदा अधिकारी र अनिरुद्र अर्याल चुनिनुभएकाे छ ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानले बधाई र सफल कार्यकालका लागि शुभकामना दिनुभएकाे थियाे ।
नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवर्द्धनमा सक्रिय नेपाल बाल साहित्य समाज २०४४ असोज ८ गते स्थापना भएको हो ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया