एसइईका निरीक्षक र केन्द्राध्यक्षसहित चार जनामाथि कारबाही
दोस्रो दिनमै परीक्षामा मर्यादाविपरीत कार्य भएको निष्कर्षसहित एक केन्द्राध्यक्ष र तीन निरीक्षक कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले निरीक्षक तथा केन्द्राध्यक्षसहित चार जनामाथि कारबाही गरेको छ ।
दोस्रो दिनमै परीक्षामा मर्यादाविपरीत कार्य भएको निष्कर्षसहित एक केन्द्राध्यक्ष र तीन निरीक्षकलाई कारबाही गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयाे ।
जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार माईस्थान विद्यापीठका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई हटाउने निर्णय गरिएको छ । सर्राफलाई आइतबारदेखि परीक्षा केन्द्रमा प्रवेश गर्न रोक लगाइएको छ ।
त्यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ मावि चिनी कारखानाका निरीक्षक धर्मेन्द्र यादव र रामबालक यादवलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयाे ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले शनिबार साँझ प्रहरीलाई कडा निगरानी गर्न निर्देशन दिँदै परीक्षा मर्यादा उल्लङ्घन गर्ने चार जनालाई कारबाही गर्ने निर्णय गरेको हो ।
परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न प्रशासनले द्वारदेवी माध्यमिक विद्यालय अलौंमा अनावश्यक भिडभाड हटाउने निर्देशन दिएको छ भने सबै परीक्षा केन्द्रहरूमा कडा चेकजाँच र सुरक्षाकर्मीको सङ्ख्यामा वृद्धि गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै परीक्षा सञ्चालनको समयभन्दा २० मिनेटअघि मात्र प्रश्नपत्र खोल्ने व्यवस्था गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।
त्यस्तै, सुन्दरमल रामकुमार कन्या मावि परीक्षा केन्द्रमा नियमित विद्यार्थीलाई ग्रेड वृद्धिको र ग्रेड वृद्धितर्फका विद्यार्थीलाई नियमितको प्रश्नपत्र दिएको त्रुटिलाई सुधार गर्न चेतावनी दिइएको छ ।
पर्सा जिल्लामा यस वर्ष ९ हजार ८ सय २ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन् । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष बनाउन जिल्ला प्रशासन कार्यालयले थप निगरानी बढाउने निर्णय गरेको छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया