एसईईमा नक्कली परीक्षार्थी
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेका छन् ।
विद्यालयका प्राचार्य रूपकुमार रायमाझीका अनुसार परीक्षा चलिरहेको बेला प्रवेशपत्रमा हस्ताक्षर गर्दा प्रवेशपत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिलेपछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।
तिलोत्तमा नगरपालिकास्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीको परीक्षा दिनका लागि आएको भेटिएकाे हाे ।
ती विद्यार्थीको ग्रेड वृद्धिको परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएका हुन् । नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि ती विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको थियाे ।
अन्यत्र भने एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
जिल्लाका ६० वटा परीक्षा केन्द्रमा २३ हजार ६ सय ६० जना विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सूचना अधिकृत अम्बर केसीले जानकारी दिनुभयाे । परीक्षामा नियमिततर्फ १७ हजार ३ सय ३० मध्ये १७ हजार २ सय १७ जना विद्याथीहरु परीक्षामा सहभागी छन् ।
अपाङ्गता भएका १५ जना विद्यार्थीले कक्षा ९ का विद्यार्थीको सहयोगले परीक्षा दिएका छन् । साथै, कारागार र बालसुधार गृहबाट ८ जना विद्यार्थीहरु सहभागी छन् ।
त्यसैगरी कपिलवस्तुमा पहिलाे दिन ९१ विद्यार्थी अनुपस्थित भए । जिल्लाका १ सय ६७ विद्यालयका कुल ९ हजार ४६१ जना परीक्षार्थीले परीक्षा दिने तयारी थियाे ।
जिल्लामा ३ जना दृष्टिविहीन र एक जना शारीरिक अपाङ्गले समेत परीक्षा दिएका छन् । सूर्योदय मावि बरवामा, बाणगंगा मावि सिद्धिपुर बाणगंगा मावि लगईमा एक-एक जना दृष्टिविहीन र दुधाधारी मावि गुगौलीमा एक जना अपांगसमेत परीक्षामा सामेल थिए ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया