सोमबार ०४ चैत, २०८१

नेपाली समय

Facebook Live Youtube Live

विष्णुमती नदीमा भेटिएको मूर्तिबारे पुरातत्वले अध्ययन गर्ने

पूर्ववत स्थानमा मूर्ति राख्न, यो त्यही ठाउँमा थियो भन्ने पुष्टि गर्नुपर्ने भएकाले पुरातत्व विभागले अध्ययन गर्ने भएकाे हाे ।

विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ ।

स्थानीय र सम्पदा अभियन्ताहरुले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) भनेर दावी गरेका छन् ।

सम्पदा अभियन्ता यादवलाल कायस्थले यो मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारमा भएको भीममुक्तेश्वर मन्दिरको भएको दाबी गर्नुभएकाे छ । उहाँका अनुसार २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिइएको थियाे । 

 

पूर्ववत स्थानमा मूर्ति राख्न, यो त्यही ठाउँमा थियो भन्ने पुष्टि गर्नुपर्ने भएकाले पुरातत्व विभागले अध्ययन गर्ने भएकाे हाे । 

महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा फागुन २४ गते शनिबार मूर्ति भेटिएको थियो । नदीभित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ ।

आकारमा मूर्ति पूर्ण भए पनि सुक्ष्म कला र अङ्गहरुको आकृति भने बिग्रिएको अवस्थामा छ ।