‘प्रेमसम्बन्ध बुबाआमाको जस्तो होस्, जुन अहिलेको जेनेरेसनमा छैन’
‘दस वर्षपछि म सफल कलाकारको रुपमा देखिन चाहन्छु’ : ऋतिका, ‘मलाई चाहिँ क्याबिन क्रुका रुपमा देख्न पाउनुहुनेछ’ : रोजिना
किशोर आवाजको १४ औं श्रृंखलामा हामीले रोजिना थोकर र ऋतिका लाम्गादेसँग कुराकानी गरेका छौं । उहाँहरु ललितपुरको ब्लुबर्ड कलेजमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । रोजिनाले होटल म्यानेजमेन्ट र ऋतिकाले बिजनेस स्टडिज पढिरहनुभएको छ ।
रोजिनालाई पढ्नबाहेक घुम्न र मोडलिङमा रुचि छ । त्यसका अलावा भलिबल खेल्न उहाँलाई मन पर्दो रहेछ ।
ऋतिकालाई मोडलिङ र अभिनय गर्न मन पर्छ । उहाँले ‘कमलो मन’ सिरियलमा अभिनय गरिरहनुभएको छ । चलचित्र खेल्ने अवसर आयो भने भावनात्मक खालका पात्रको भूमिका निभाउन उहाँलाई मन छ ।
रोजिनाको लक्ष्य क्याबिन क्रु बन्ने छ भने ऋतिकाको अभिनयमै जम्ने चाहना छ । रोजिनालाई घुमफिरमा बढी रुचि भएकाले विदेश जान मन छ । ऋतिकाचाहिँ केही वर्ष विदेशमा बसेर, धेरै कुरा सिकेर नेपालमै त्यसलाई लागू गर्न चाहनुहुन्छ ।
अहिलेको जेनेरेसनले प्रेमलाई कसरी बुझ्छ ? ‘हिजोआज प्रेमभन्दा पैसाले महत्व पाएको जस्तो लाग्छ,’ उहाँहरु भन्नुहुन्छ, ‘तर यसमा केयर, रेस्पेक्ट र टाइमको महत्व बढी हुन्छ ।’ उहाँहरु प्रेमसम्बन्ध आफ्ना बुबाआमाको जस्तो हुनुपर्ने बताउनुहुन्छ ।
दस वर्षपछि तपाईंहरुलाई कुन रुपमा देख्न पाइएला ? ऋतिका भन्नुहुन्छ, ‘म सफल कलाकारको रुपमा देखिन चाहन्छु ।’ रोजिना थप्नुहुन्छ, ‘मलाई चाहिँ दस वर्षपछि क्याबिन क्रुका रुपमा देख्न पाउनुहुनेछ ।’
ऋतिका र रोजिनाको विचारमा नेपाली समाजको सकारात्मक पक्ष भनेको एक–अर्कालाई गर्ने सहयोग हो भने पोशाक र खानपिन हेरेर गरिने मूल्यांकन नकारात्मक पक्ष हो ।
कुनै एउटा शक्ति हासिल गर्नुभयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा ऋतिका भन्नुहुन्छ– ‘म सबै व्यक्तिलाई रोजगारी उपलब्ध गराउने प्रयास गर्ने थिएँ ।’ रोजिना पनि बेरोजगारी हटाउन पहल गर्ने बताउनुहुन्छ । ‘त्यससँगै बलात्कारजस्ता जघन्य अपराध गर्नेहरुलाई कारवाही गर्न बलियो कानुन बनाउन पहल गर्ने थिएँ,’ उहाँ थप्नुहुन्छ ।
हाम्रो समाज र सामाजिक परिवेश नै किशोरकिशोरीका लागि सबैभन्दा चुनौतीपूर्ण बनेको उहाँहरु बताउनुहुन्छ । आफूजस्तै किशोरका लागि रोजिनाको सुझाव छ, ‘सकारात्मक बन्नु, आफूले गर्न सकेको काम गर्न प्रयास गर, अरुको कुरा नसुन र आफूलाई गर्न मन लागेको काम गर ।’ ऋतिकाचाहिँ कुनै पनि नराम्रो काममा नलाग्न र नराम्रो काम गर्नुअघि आफ्ना बाबाआमाको बारेमा सोच्नुपर्ने सुझाव दिनुहुन्छ ।
रोजिना र ऋतिकासँगको रमाइलो कुराकानी सुनौं भिडियोमा ।

चाहना र आयुश्नाकाे डाक्टर बन्ने लक्ष्य (भिडियाे)
‘आफ्ना समस्या सेयर गर्न नसक्दा किशोरकिशोरीमा मानसिक तनाव बढ्दो छ’ (भिडियाे)

‘युवा पुस्ता राजनीतिबाट भाग्नु हुँदैन’ (भिडियाे)

‘आफ्ना बच्चालाई अर्कोसँग तुलना गरेकाे मन पर्दैन’ (भिडियाे)

'अंग्रेजी र विज्ञान मन पर्छ, सामाजिक पढ्न मन लाग्दैन' (भिडियाे)
‘स्वदेशमै स्वरोजगार बन्न र भविष्यमा आफ्नै ब्रान्ड स्थापित गर्न चाहन्छौं’ (भिडियाे)

‘हामीमाथि कसैले नराम्रो गर्यो भने डटेर आवाज उठाऔं, दबिएर नबसौं’ (भिडियाे)

प्रतिक्रिया