मार्टिन लुथर किङ र डाेनाल्ड ट्रम्पकाे जस्तै भाषण शैली भएका आविष्कार
झापाको धुलाबारीस्थित होली बेल विद्यालयकाे २४ औं वार्षिकोत्सवका अवसरमा फागुन २९ गते एक विद्यार्थीले गरेकाे भाषण यतिबेला निकै चर्चामा छ ।
झापाको धुलाबारीस्थित होली बेल विद्यालयकाे २४ औं वार्षिकोत्सवका अवसरमा फागुन २९ गते एक विद्यार्थीले गरेकाे भाषण यतिबेला निकै चर्चामा छ ।
उक्त कार्यक्रममा कक्षा १० मा अध्ययनरत आविष्कार राउतले विद्यार्थीका तर्फबाट दिएकाे मन्तव्यलाई धेरैले मार्टिन लुथर किङ, डाेनाल्ड ट्रम्प र रेस्लर फाउल हेम्यानसँग तुलना गरेका छन् ।
सामाजिक सन्जालमा भाइरल बनेको साढे दुई मिनेटको भिडिओमा राउतले देशमा पछिल्लो अवस्थामा देखिएको निराशालाई उजागार गर्नुभएकाे छ । उहाँले देशकाे समग्र समृद्धि र विकासका लागि युवाले भूमिका निर्वाह गर्नुपर्ने उद्घोष गर्नुभएकाे छ ।
राउतकाे भाषणका शब्दले भन्दा पनि उहाँकाे शक्तिशाली आवाज, हाउभाउ र शैलीलाई लिएर बढी प्रशंसा भइरहेकाे छ ।
आविष्कारले केही समयअघि मेचीनगरमै आयाेजित वक्तृत्वकला प्रतियाेगितामा ३० भन्दा बढी विद्यालयका विद्यार्थीलाई पछि पार्नुभएकाे थियाे । विद्यालयका अन्य अतिरिक्त क्रियाकलापमा पनि उहाँकाे अग्रसरता रहने गरेकाे छ ।
पढेर र युट्युबमा धेरै जनाकाे भिडियाेहरु हेरेर आफूले भाषण गर्न सिकेकाे आविष्कार बताउनुहुन्छ । 'मुख्य त पढाइ नै हाे, सँगसँगै धेरै जनाकाे भिडियाे हेरेँ र उहाँहरुबाट प्रभावित भएँ,' उहाँ भन्नुहुन्छ, 'काेही एक जनासँग प्रभावित भएकाे वा एकै जनाकाे शैली टिपेकाे जस्ताे लाग्दैन ।'
इन्टरनेटमा राम्राे कुरा र उपयाेगी विषय सिक्नमा समय बिताउनुपर्ने उहाँ बताउनुहुन्छ । आफ्नाे मन्तव्यमा केही निराशा देखिए पनि आफूले समाजको यथार्थ चित्रण गरेको र आफूजस्तै युवाको आवाज उठाएको उहाँले बताउनुभयाे ।

मिस्टर एण्ड मिस इस्टपोल सिजन १ को ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न

चम्किला अनमोलको संघर्षपूर्ण संगीतयात्रा (भिडियाे)
'राम्राे गायक बनेर नेपाली संगीतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न चाहन्छु' (भिडिय…

कागजबाट वाल ह्याङ्गर र सनफ्लावर (भिडियाे)
राेशनले यसरी उडाए हवाईजहाज (भिडियाे)

एउटै पृष्ठभूमि, जो अहिले फरक मार्गमा छन्

प्रतिक्रिया