वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम
न डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्ने सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको हाे ।

गुल्मीमा वन डढेलो नियन्त्रण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
डिभिजन वन कार्यालय गुल्मीले वन डढेलो नियन्त्रण गर्न सुरु गरेको सप्ताह कार्यक्रमको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभयाे । उहाँले जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले प्रत्येक वडा टोलका नागरिकमा सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयाे ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्ने सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
नगरप्रमुख पन्थीले अघिल्लो वर्ष गुल्मी जिल्लाले भोग्नुपरेको क्षतिको स्मरण गर्दै वनमा लाग्ने आगलागी र डढेलोका घटना प्राकृतिक नभई मानवीय लापरबाहीका कारण हुने गरेको बताउनुभयाे ।
वनमा हुने आगलागी र डढेलो नियन्त्रणका लागि नगरपालिका सदैव गम्भीर र प्रतिबद्ध रहेको नगरप्रमुख पन्थीले बताउनुभयाे । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका रहेका छन्। हाल जिल्लाभर रेसुंगा नगरपालिकामा मात्रै एउटा दमकल छ।
शुक्रबारदेखि सञ्चालन भएको सप्ताह कार्यक्रम चैत ७ गतेसम्म चल्ने छ। जिल्ला सदरमुकाम तम्घास बजारमा डढेलो नियन्त्रण तथा सचेतनाका पर्चा र ब्यानरसहित बजार परिक्रमासमेत गरिएको थियो ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया