प्याब्सनले नेपालको शैक्षिक गुणस्तर निरन्तर राख्नेछ : अध्यक्ष अधिकारी
प्याब्सनका नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी रूपमा उठाउने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशनबाट कृष्ण अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ ।
काठमाडौंमा सम्पन्न महाधिवेशनले ७३ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्याब्सनको विधानअनुसार ६६ जना निर्वाचित र ७ जना मनोनित गर्ने प्रावधान रहेको छ । निर्वाचित कार्यसमितिको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्ष दीपिका थापा हुनुहुन्छ ।
उपाध्यक्षहरू आशिष श्रेष्ठ, अनिलकुमार झा, किशोर गौतम, सन्तोषमणि न्यौपाने तथा रबिन शर्मा तथा भूगोलतर्फका उपाध्यक्ष टिकाराम ढकाल (कोशी), प्रेम शर्मा (गण्डकी), टिकाराम न्यौपाने (लुम्बिनी), नैनसिंह खत्री (कर्णाली) र ललितराज पन्त (सुदूरपश्चिम) निर्वाचित हुनु भएको छ ।
यसैगरी महासचिवमा आरबी कटवाल, उपमहासचिवद्वय भीमसेन केसी र भुवनलाल श्रेष्ठ, चार सचिवमा आशाकुमारी
खड्का, विष्णु न्यौपाने, जनक कार्की र यज्ञ हमाल हुनुहुन्छ । कोषाध्यक्ष गणेशबाबु पोखरेल र सहकोषाध्यक्षमा ग्रेस श्रेष्ठ र सन्तोष अधिकारी निर्वाचित हुनुहुन्छ । निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष डीके ढुंगानाले सफत खुवाउनु भएको थियो ।
प्याब्सनका नवनिर्वाचित अध्यक्ष अधिकारीले पदभार ग्रहण गरेसँगै शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताउनु भएको छ । ‘हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा विधेयक नै हो । शिक्षा विधेयकमा हाम्रो विद्यालयहरू कम्पनीमा रहनु पर्छ । २०५८ सालमा हामी कम्पनीमा आएका हो । यो आजीवन कम्पनीमा रहनु पर्छ भन्ने हाम्रो पहिलो मुद्दा हो ।’
उहाँले भन्नुभयो, ‘दोस्रो मुद्दा शिक्षा र करिक्युलमका बारेमा छ, गुणस्तरका बारेमा छ । हामीले गुणस्तरीय शिक्षा प्र्रदान गरिरहेका छौँ । प्राइभेट स्कुलको शिक्षाले नेपालको शिक्षाको गुणस्तर बढेको छ । यसलाई निरन्तर राख्न चाहन्छौं ।’
यसैगरी प्याब्सनका ५ हजार निजी विद्यालय सदस्यलाई शैक्षिक गुणस्तर कायम गराउन कटिवद्ध रहने उल्लेख
गर्नुभएको छ ।

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम

माइलापछि पूजा पनि चिडियाखानामा

गर्मीले विद्यार्थी बिरामी

विद्यार्थी घटेपछि आमाहरू विद्यालय भर्ना

नेपाली बालबालिकाको शिक्षाका लागि बेलायती परिवार सगरमाथा आधार शिविरमा

बालकुमारी कन्या माविमा रजस्वला सचेतना

नेसनल प्याब्सनको प्रशिक्षण कार्यक्रम मोरङमा

प्रतिक्रिया