आहार फेयरमा काबरा ग्रुपका सामानमा आकर्षण
भारतको दिल्लीस्थित प्रगति मैदानमा भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ आयोजना गरिएको छ ।
मार्च ४ देखि ८ सम्म भव्यताका साथ भएको फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फुड एन्ड स्न्याक्स प्रालि, क्वालिटी फुड्स नेपाल प्रालि र क्वालिटी नुडल्स इण्डष्ट्रिज प्रालिका लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नुडल्सहरू राखेको थियो ।
फेयरमा आकर्षक रुपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नुडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताको आकर्षणको केन्द्रमा थिए भने केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउँदो बजारमूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ज्याकपट ब्राण्डका नुडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्मले उत्सुकता देखाउनुभएको थियो ।
फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सका प्रस्तावनाहरू पेश गर्नुभयाे भने तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ–आफ्ना प्रस्तावहरू पेश गर्नुभएकाे थियाे ।
‘आहार’ ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउँदो वर्ष अनुमानित २०० करोडमाथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।
ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नुडल्स उद्योगहरू श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहनु भएको छ ।
उद्योगहरूको जिम्मेवारी सम्हालेको छोटो समयमै उहाँहरूले कारोवारमा दिनानुदिन बृद्धि गर्नुका साथै नुडल्स तथा स्न्याक्स सेगमेण्टमा काब्स ज्याकपटलाई भारतीय बजारमा स्थापित ब्राण्डको रुपमा ब्राण्डिङ गराउन सफल हुनुभएको छ । उहाँहरुले सार्क मुलुकका अन्य देशलगायत तेश्रो मुलुकमा आज पनि निर्यात गर्दै आइरहनुभएको छ ।
प्राइम बैंकका पूर्वसिइओ मानन्धरको निधन
मास्टरकार्ड नेटवर्कअन्तर्गत नबिल बैंककाे नयाँ डेबिट कार्ड
ग्लाेबल आइएमई बैंककाे साभारणसभा सम्पन्न
आइएमईको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
'सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक
महालक्ष्मी विकास बैंककाे छुट सम्झाैता
प्रभु महालक्ष्मी लाइफको एचिभर्स अवार्ड समारोह सम्पन्न
प्रतिक्रिया