प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशन सुरु
देशभरबाट १ हजार ५ सय २ जना प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा सोमबार सुरु भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । दुई दिने महाधिवेशनमा देशभरबाट १ हजार ५ सय २ जना प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई माइनस गरेर अघि बढ्न नसकिने बताउनुभयाे । 'हाम्राे यात्रा समाजवादतर्फ हो, धनी हुन खोजेको हो, शिक्षा निशुल्क दिनुपर्छ,' प्रधानमन्त्री ओलीले भन्नुभयाे, 'हाम्रो प्राथमिकता शिक्षा क्षेत्र हो । सरकार निजी क्षेत्रसँग पब्लिक प्राइभेट पार्टनसिप गर्न चाहन्छ ।'
प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले विद्यार्थीलाई देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरुको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न पनि आग्रह गर्नुभयाे ।
प्याब्सनका अध्यक्ष डिके ढुंगाना र प्रधानमन्त्री ओलीले प्याब्सनका पुर्व अध्यक्षहरु भोजबहादुर शाह, लक्ष्यबहादुर केसी र विजय सम्बाहाम्फेलाई सम्मान प्रदान गर्नुभएको थियोे ।
यसैगरी पत्रकार नारायण किलम्बुलाई प्याब्सन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया