बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू (तस्बिरसहित)
चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
भाइबहिनीहरु, तपाइँहरुलाई फागु पूर्णिमाबारे थाहा छ ? याे रंगकाे पर्व हाे । फागु पूर्णिमालाई होली पनि भनिन्छ ।
याे हिन्दू धर्मावलम्बीहरुकाे महत्त्वपूर्ण पर्व हो, जुन विशेषगरी भारत र नेपालमा मनाइन्छ। यो पर्व वसन्त ऋतुको आगमनको संकेत हो र प्रेम र भाइचाराको सन्देश दिन्छ।
फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ ।
फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको छ ।
परापूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साताअघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।
यस पर्वका दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाइचारा वृद्धि गर्न मद्दत पुर्याउँछ।
फागु पर्वको महत्त्वका कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।
फागु पूर्णिमा वसन्त ऋतुको शुरुवात हो, जसमा फूलहरू खस्न थाल्छन् र वातावरण रंगीन हुन्छ। यो पर्व प्रेम, मित्रता, र नयाँ सुरुवातको प्रतीक हो ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया