एसईई १३ दिनपछि : ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदै
नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धितर्फ ५० हजार र पुरानाे ग्रेड वृद्धितर्फ ४ हजारले फारम भरेका छन् ।

भाइबहिनीहरू एसईई परीक्षा दिन धुमधाम मिहिने गरिरहनुभएको हुनुपर्छ । अभिभावकले पनि मेरी छोरी, मेरो छोराले राम्रो गर्नुपर्छ भनेर सघाइरहनु भएको हुनुपर्छ ।
हो त अब चैत ७ गतेबाट सुरु हुनेछ । परीक्षाको दिन आइपुग्न १३ दिनमात्र बाँकी छ । उता राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक सम्पन्न गराउने धुमधाम तयारी गरिरहेको छ ।
निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले दिनुभएको जानकारी अनुसार यो वर्ष २०८१ सालमा एसईई दिने परीक्षार्थीको संख्या ५ लाख २२ हजार जति हुनेछ ।
एसईई नियमिततर्फ ४ लाख ६८ हजार हुनुहुन्छ । गत वर्ष कम नम्बर हासिल गरेका ५० हजार जतिले ग्रेड वृद्धिका लागि परीक्षा दिनु हुनेछ । यसैगरी २०७८–०७९ सालका पुराना ग्रेड वृद्धिका लागि ४ हजार विद्यार्थीले फारम भर्नुभएको छ ।
त्यसनिम्ति २१ सय ३१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने जनाइएको छ । अहिले धमाधम प्रश्नपत्र छापिँदैछ ।
छापिएका प्रश्नपत्रलाई सम्बन्धित जिल्लामा पु¥याउने काम पनि भइरहेको छ । अहिलेसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पु¥याउने काम भइसकेको छ । प्रदेश कार्यालयले प्रश्नपत्रलाई जिल्ला–जिल्लामा पु¥याउने काम गर्छ ।
परीक्षा अथवा जाँच भनेपछि जोसुकैलाई केही झस्काउँछ । मनमा डर पैदा गर्छ तर सानो कक्षादेखि कक्षा १० सम्मै किताब पढेका हुन्छौं । कापीमा लेखेका हुन्छौं । पढेका कुराहरू बुझेका हुन्छौं । अभ्यास गरेका हुन्छौं । त्यही पढेका लेखेका, गुनेका कुराहरू नै एईईको प्रश्नपत्रमा सोधिन्छन् ।
त्यसैले जाँच आयो भन्दैमा हडबडाउनु, डराउनु पर्दैन । यत्ति हो कि कति जीपीए हासिल गर्ने भन्ने लक्ष्यचाहिँ राख्नु पर्छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया