एसईई १३ दिनपछि : ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदै
नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धितर्फ ५० हजार र पुरानाे ग्रेड वृद्धितर्फ ४ हजारले फारम भरेका छन् ।
भाइबहिनीहरू एसईई परीक्षा दिन धुमधाम मिहिने गरिरहनुभएको हुनुपर्छ । अभिभावकले पनि मेरी छोरी, मेरो छोराले राम्रो गर्नुपर्छ भनेर सघाइरहनु भएको हुनुपर्छ ।
हो त अब चैत ७ गतेबाट सुरु हुनेछ । परीक्षाको दिन आइपुग्न १३ दिनमात्र बाँकी छ । उता राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक सम्पन्न गराउने धुमधाम तयारी गरिरहेको छ ।
निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले दिनुभएको जानकारी अनुसार यो वर्ष २०८१ सालमा एसईई दिने परीक्षार्थीको संख्या ५ लाख २२ हजार जति हुनेछ ।
एसईई नियमिततर्फ ४ लाख ६८ हजार हुनुहुन्छ । गत वर्ष कम नम्बर हासिल गरेका ५० हजार जतिले ग्रेड वृद्धिका लागि परीक्षा दिनु हुनेछ । यसैगरी २०७८–०७९ सालका पुराना ग्रेड वृद्धिका लागि ४ हजार विद्यार्थीले फारम भर्नुभएको छ ।
त्यसनिम्ति २१ सय ३१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने जनाइएको छ । अहिले धमाधम प्रश्नपत्र छापिँदैछ ।
छापिएका प्रश्नपत्रलाई सम्बन्धित जिल्लामा पु¥याउने काम पनि भइरहेको छ । अहिलेसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पु¥याउने काम भइसकेको छ । प्रदेश कार्यालयले प्रश्नपत्रलाई जिल्ला–जिल्लामा पु¥याउने काम गर्छ ।
परीक्षा अथवा जाँच भनेपछि जोसुकैलाई केही झस्काउँछ । मनमा डर पैदा गर्छ तर सानो कक्षादेखि कक्षा १० सम्मै किताब पढेका हुन्छौं । कापीमा लेखेका हुन्छौं । पढेका कुराहरू बुझेका हुन्छौं । अभ्यास गरेका हुन्छौं । त्यही पढेका लेखेका, गुनेका कुराहरू नै एईईको प्रश्नपत्रमा सोधिन्छन् ।
त्यसैले जाँच आयो भन्दैमा हडबडाउनु, डराउनु पर्दैन । यत्ति हो कि कति जीपीए हासिल गर्ने भन्ने लक्ष्यचाहिँ राख्नु पर्छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया