रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा
एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ ।
सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रमबीच एकेडेमीको औपचारिक रुपमा उद्घाटन गर्नुभयाे ।
ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ ।
एकेडेमीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्सङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहनुभएकाे छ । एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ ।
विद्यालयमा हाल १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिम्न्याष्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउँदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गर्नुभयाे । उहाँले साधारण प्रशिक्षण मात्र पर्याप्त नहुने भएको हुँदा एकेडेमीमै प्रशिक्षण लिएको खण्डमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयाे ।
प्याब्सनका केन्द्रीय अध्यक्षसमेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताउँदै नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनउनेतर्फ प्याब्सनले काम गरिरहेको बताउनुभयाे ।
प्रिन्सिपल ढुंगानाले कुनै न कुनै हिसाबले रेडियन्ट रिडर्सले शिक्षाका अलावा खेलकुदसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको बताउनुभयाे ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समापनपछि पूर्वकप्तान मल्लले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई ‘अटोग्राफ’ दिनुभएकाे थियाे ।

युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा

जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति

बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)

एसईईमा ४ जिपिए ल्याएकी गाेमालाई मीनबहादुर गुरुङकाे सम्मान

परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस

प्रतिक्रिया