केपी ओली कपकाे फाइनल हेर्न इटालीका गाेलकिपर बफन नेपालमा (भिडियाे)
पाँच पटक विश्वकप खेल्नुभएका बफनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताउनुभएको थियो ।
इटालीलाई विश्वकप जिताउनुभएका गोलकिपर जियानलुजी बफन ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउनुभएको छ । उहाँलाई राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयाे ।
युवा संघ नेपालको आयोजनामा जारी केपी ओली कप फुटबलको फाइनल फागुन १९ गते सोमबार हुँदैछ । फाइनलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसी भिड्दैछन् ।
पाँच पटक विश्वकप खेल्नुभएका बफनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताउनुभएको थियो । इटालीबाट उहाँले ८० खेलमा कप्तानीसमेत गर्नुभएको थियो भने १ सय ७६ खेलको कीर्तिमानी खेल्नुभएकाे थियाे ।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गरेर आफ्नो देशका लागि चौथो पटक विश्वकप फुटबल उपाधि दिलाउनुभएका बफनको नेपाल आगमन नेपाली फुटबलको लागि महत्वपूर्ण उपलब्धि हो ।
आधुनिक फुटबलका उत्कृष्ट गोलरक्षकका रूपमा उहाँलाई जर्मनीको ओलिभर कानजत्तिकै दर्जामा राख्ने गरिन्छ । उहाँ क्लब फुटबलमा सन् २००१ मा ५२ मिलियन युरो लिएर कीर्तिमानी मूल्यमा युभेन्टसमा आबद्ध हुनुभएको थियो ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया