जुनियर ब्वाइज फुटबलमा निस्टको शानदार जित
निस्टले नव सुन्ताखानलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेकाे हाे ।
आयोजक भक्तपुर निस्ट स्कुलले तेश्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा शनिबार शान्दार जित हात पारेको छ । निस्टले नव सुन्ताखानलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेकाे हाे ।
अन्य प्रतिस्पर्धामा नेक्सस इन्टरनेसनल एकेडेमीले जनप्रेमी वर्ल्ड स्कुललाई २–० तथा गोल्डेन सुन्गाभाले श्री सञ्जय साइ विद्या मन्दिरलाई २–१ गोलले हराए ।
बास्केटबलको सिनियर ब्वाइजमा जनप्रेमीले जोन डेवीलाई १६–६ तथा टीआईएले एभरेष्टलाई ३७–१८ ले पाखा लगाए ।
सिनियर गर्ल्समा निस्टले तपोभूमिलाई ३५–२० ले पन्छायो । जुनियर गल्र्समा सञ्जय साइले हिमालयलाई १०–३ तथा एभरेष्टले मोर्डन स्कुललाई ७–५ ले पराजित गरे ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया