देश निर्माणकाे काम गर्ने हो भने बालबालिकाबाट सुरु गर्नुपर्छ : डंगोल (भिडियाे)
‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौं'
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ शैक्षिक मेला २०८१’ को उद्घाटन समारोहमा शुक्रबार बोल्दै डंगोलले विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमै लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौं, महानगरपालिकाको बजेट पनि हेर्न सक्नुहुन्छ, बजेटमा पनि महानगरपालिकाका लागि हाम्रा बालबालिका कति प्राथमिकतामा छन् भन्ने झल्किन्छ, यो काम महानगरपालिका एक्लैले गरेर सम्भव छैन, त्यसका लागि सबै जनाको सहयोग आवश्यक हुन्छ ।’
देश निर्माणमा काम गर्ने हो भने पहिला बालबालिकामा काम गर्नुपर्ने भन्दै डंगोलले बालबालिकालाई समसामयिक शिक्षा दिने अभ्यास र अभियानमा रहेको बताउनुभयो ।
महानगरले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेको हो ।
दुई दिने मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब समेटिएका छन् ।
प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गरेका छन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गरिरहेका छन् ।
नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति मेलामा समावेश गरिएको छ ।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीलाई प्राविधिक क्षेत्रमा सक्षम बनाउँदै पद्मकन्या विद्याश्रम (भिडियो)

काेरियाकाे शिक्षा प्रणाली : छानीछानी महँगाे विद्यालयमा पढाउन पाइँदैन

नेपालको पहिलो नमुना माध्यमिक विद्यालय (भिडियाे)

दश देशका किताब प्रदर्शनी एकै ठाउँमा (भिडियाे)
विश्वनिकेतन माविमा ‘शिक्षामा सीप’ र ‘बुक फ्री फ्राइडे’ सिक्दै विद्यार्थी (भिडिय…

नेचर क्राफ्ट : प्रकृतिसँग जोडिएको सिर्जनशील संसार (भिडियाे)
विद्यार्थीसँग राष्ट्रगानका रचयिता व्याकुल माइला (भिडियो)

प्रतिक्रिया