'निजीका कारण सामुदायिक विद्यालयको गुणस्तर घट्दैन’
‘सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्ने, नि:शुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ तर निजी र आवासीय विद्यालयहरुलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ, त्यो विल्कुल बेठिक छ ।’

गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरुको स्थापनाले सार्वजनिक विद्यालयको गुणस्तर नघटाएको बताउनुभएकाे छ ।
शुक्रवार नेशनल प्याब्सनकाे आठौं राष्ट्रिय महाधिवेशन उट्घाटन समारोहमा बोल्दै उहाँले निजी विद्यालयहरुलाई समाप्त गरेर सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्नु गलत भएको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘सरकारले आफ्नो धारणा नीतिगत रुपमा स्पष्ट पारेको छ । हरेक कुरा पारदर्शी गराएको छ । मैले पटक-पटक भनेको छु, निजी या आवfसीय विद्यालयहरुको स्थापनाले सार्वजनिक अथवा सामाजिक विद्यालयको गुणस्तर घटाएको होइन । निजी या आवfसीय विद्यालयलाई समाप्त गरिदियो भने सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्ने होइन ।’
‘सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्ने, नि:शुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ तर निजी र आवfसीय विद्यालयहरुलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ, त्यो विल्कुल बेठिक छ,’ उहाँले भन्नुभयाे ।
लेखकले निजी र आवासीय विद्यालयहरुको देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयाे ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया