नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा
महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, 'राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।'

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया